समयमा काम नगर्ने ठेकेदारलाई दैनिक १ लाख ५० हजार हर्जना, ठेकेदारलाई कारवाही शुरु, कुन कुन कम्पनि परे कारवाहीमा



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कलंकी–नागढुङ्गा सडक आगामी आर्थिक वर्षमा पूरा हुने बताएका छन् ।

मुआव्जा र घरैपिच्छेले अदालतमा मुद्दा हालेका कारण समयमा काम गर्न नसकिएको उनले दाबी गरे । ‘यो बर्ष ५ किलोमिटर पिच गर्ने योजना बनाएका थियौ, साढे ३ किमि पूरा हुने भएको छ’ प्रतिनिधि सभा बैठकमा बुधवार विनियोजन विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री महासेठले भने, ‘आउने आर्थिक बर्षमा मुआव्जा लगायत समाधान गरेर आर्थिक बर्षमा पूर्ण रुपमा बनाइने छ ।’

ठेकेदारलाई कारवाही शुरु

मन्त्री महासेठले भक्तपुर नगरकोट सडक निर्माणमा लापरवाही गरेको ठेकेदार कम्पनीलाई मन्त्रालयले विभाग मार्फत कारवाही गरेको जानकारी गराए ।

‘दैनिक १ लाख ५० हजार हर्जना तिराइ काम भइरहेको छ । अहिले निर्माण कम्पनीले रफ्तार बढाएको छ’ मन्त्री महासेठले भने ।

सांसद कृष्णप्रसाद दाहालले कान्ति लोकपथ निर्माणको काम अलपत्र पारेका ठेकेदारले गैर जिम्मेवारी प्रस्तुत गरेको बताए । उनले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने भनिएपनि तर्साउने मात्र काम भएको बताए ।

अंजना विशंखे कलंकी नागढुङ्गा सडकमा मुआव्जा र अदालतको विबाद नभएको ठाउँमा समेत अगाडि बढाउन सकिने भएपनि किन त्यसो हुन नसकेको भनि प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...