वैैदेशिक रोजगारमा विदेश जानेलाइ आयो खुशिको खबर, अबदेखि विदेशमा जेल परेकाको मुद्दा सरकारले लड्ने, खर्चपनि सरकारले गर्ने



हाम्रो इकोनोमि

 

सरकारले अब वैदेशिक रोजगारीसम्बन्धी सबै काम अनलाइनबाट गर्ने भएको छ । सरकारले आउँदो २० दिनभित्रै वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा अनलाइनबाटै दिने तयारी थालेको छ ।

यस्तै वैदेशिक रोजगारीकै शिलशिलामा विभिन्न मुद्दामा जेल परेकाहरुको मुद्दा सरकार आफैले लड्ने भएको छ । श्रममन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभामा सम्बोधन गर्दै आगामी २० दिनभित्र वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवाहरु अनलाइनबाटै प्रवाह हुने घोषणा गरेका छन् ।

उनले कुटनीतिक नियोग, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी, इन्स्योरेन्स कम्पनीहरुलाई अनलाइनबाट जोड्न लागेको जानकारी गराए ।

यसले ठगी नियन्त्रण तथा सेवा प्रवाहमा गुणस्तर आउने श्रममन्त्री बिष्टले दावी गरेका छन् । विदेशमा बिभिन्न मुद्दा लागेका नेपाली कामदारहरुको मुद्धा समेत अब सरकारले नै लडिदिने भएको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा बिभिन्न देशका जेलहरुमा रहेका नेपालीहरुको मुद्दा लड्ने व्यवस्था मिलाउन लागेको हो । हाल बिभिन्न मुलुकका जेलहरुमा ३३५ जना नेपाल छन् ।

चालु आर्थिक बर्षमा मात्रै १८ वटा देशमा ७७७ जना नेपालीले ज्यान गुमाएका छन् । हालसम्म ६ हजार ६५९ नेपालीले विदेशमै ज्यान गुमाउन परेको छ । हालसम्म विदेशी अस्पतालमा २३ जना नेपाली कोमामा रहेका छन् । मन्त्री बिष्टले सात वटै प्रदेशमा श्रम कार्यालय स्थापित गरिसकेको जानकारी पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...