तपाईको नाममा कति जग्गा–जमिन छ, यस्तो आउँदै छ नियम, हदबन्दी भन्दा बढी जग्गा सरकारले खोस्दै, जग्गा प्लटिङ पनि गर्न नपाइने



हाम्रो इकोनोमि

 

तपाईको नाममा कति जग्गा–जमिन छ ? कतै तपाईसँग हदबन्दी भन्दा बढी त जग्गा छैन ? यदि बढी जग्गा छ भने अब तपाईले सोच्नु पर्ने बेला आएको छ । सरकारले हदबन्दी भन्दा बढी जग्गा कसैको नाममा भए जफल गर्ने भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले यसअघि तोकिएको जग्गाको हदबन्दी कार्यान्वयन गरिने बताएका छन् । हदबन्दी भन्दा बढी जग्गा भए जफत गर्ने उनले स्पष्ट पारेका छन् ।

अब एक परिवारले राख्न पाउने जग्गाको अधिकतम हदलाई कार्यान्वनमा ल्याइने मन्त्री खनालले स्पष्ट पारेका छन् । हदभन्दा बढी जग्गा हुनेहरुको त्यस्तो जग्गा रोक्का राखी ऐन बमोजिम सरकारले प्राप्त तथा जफत गर्ने समेत उनले बताए । त्यसरी जफत वा प्राप्त गरेको जग्गा भूमिहीनलाई प्राथमिकतामा राखी बिक्री वितरण गर्ने व्यवस्था मिलाइने उनले बताएका छन् ।

यस्तै कृषियोग्य जमिनको जथाभावी प्लटिङ गरी घडेरीको रुपमा बिक्री पूर्णरुपमा अन्त्य गरिने बताएका छन् । उनले मंलबार विनियोजन विधेयक, २०७५ माथि भएको छलफलमा बोल्दै ‘जग्गा कारोबार व्यवस्थित र यसलाई राज्यको कर प्रणालीमा समाहित गर्न यस्तो व्यवस्था गर्न लागिएको उनले बताएका हुन् ।

यस प्रणालीबाट जग्गा कारोबारमा अदृष्य रुपमा बिचौलियाबाट सर्वसाधारण ठगिने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

उनले भूमिलाई भूमाफियाबाट जोगाउन अनुमति लिएर वा नलिई कृषि योग्य जमिनको जथाभावी प्लटिङ गरी घडेरीको रुपमा बिक्री गर्ने कार्यलाई पूर्ण नियन्त्रण गरिने स्पष्टपारे ।

इजाजत प्राप्त कम्पनीबाट मात्र जग्गाको कारोबार गर्न पाउने व्यवस्था भूमि नीति र भूमिसम्बन्धी नियमावलीमा संशोधन प्रस्ताव गरिएको उनले सदन समक्ष राखेका छन् ।

अधिकारसम्पन्न भूमि आयोग बन्ने

मन्त्रालय अन्तर्गतका सबै क्षेत्रको लक्ष्य उद्देश्य अनुरुप विधानमा परम्परागत नीति, विधि र प्रक्रियाहरुमा आमुल सुधारको खाका कोरिसकेको र त्यही अनुरुप अगाडि बढिरहेको मन्त्री खनालले बताएका छन् । भूमिसम्बन्धि विधमान विभिन्न समस्याहरु अधिकार सम्पन्न उच्चस्तरीय भूमि आयोग यथाघ्रि गठन गरी समाधान गरिने समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...