कुनै बेला धनी वर्गका छोरा–छोरी मात्रै पढ्ने दरबार हाइस्कुल भत्काएर करोडौँ कमिसन खान महानगरको एउटा समुह सक्रिय



हाम्रो इकोनोमि

काठमाडौं । नेपाली कागजमा धमाधम सम्झौता गरिदै थियो । भनिदै थियो एउटैलाई हामी काम दिँदैनौ । विभिन्न समूहमा दिन्छौँ । किन भने, इँटा, ढुंगा र काठ सर्लक्क सर्लक्क छुट्टा–छुट्टै राख्नु पर्छ है । त्यसैले एउटैलाई हैन धेरैलाई काम दिन लागेको हो । काम भिन्दा भिन्दै समूहलाई दिनु पर्छ ।

यहिबीचमा एक जना बुढा मान्छेले पछि विवाद हुन्छ, अहिले नै सबै कुरा प्रष्ट पार्नु पर्छ है, भने । कोही छेउतिर गएर कानेखुसी गर्दै थिए । प्रसंग हो, भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनःनिर्माणको ।

चीनले अब यसको पुनः निर्माण गर्ने छ । नेपाल सरकारले लामो समय विवाद गरेपछि समयमै पुनःनिर्माण हुन सकेन । अहिले बल्ल भत्काउने सुरसार भइरहेको छ ।

माथिको मिश्रित संवाद त्यही भत्काउने सुरसारको हो । भत्काउने जिम्मा दिइसकेपछि भोलि कुनै कारण काम नरोकियोस भनेर एक हुल मान्छेहरु टहरोको बेन्चमा बसेर धमाधम नेपाली कागजमा लेख्ने हस्ताक्षर गर्ने गरिरहेका थिए ।

२०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको दरबार हाईस्कुल अब भत्किने भएको छ । त्यहाँबाट पठनपाठन अन्तै सारिसकिएको छ । संस्कृत विद्यालय वाल्मिकि विद्यापीठ प्रदर्शनी मार्गमा सारिएको छ । दरबार हाइस्कुल (भानु मावि) खुलामञ्चमा सारिएको छ ।

यो दरबारहाइस्कुल १९९० सालको भूकम्पले समेत भत्काएको बताइन्छ । अहिले भत्किएको भवनमा प्रयोग भएका इँटामा लेखिएको १९९३ सालले पनि त्यसको पुष्टी हुन्छ ।

दरबार हाई स्कुल पुनःनिर्माणमा ७० करोडभन्दा बढीको लगानी लाग्ने अनुमान चीनले गरेको छ । उसले अनुदानमा १८ वटा विद्यालय बनाउने सम्झौता गरेको छ ।

पुरानै ढाँचामा बन्ने
भूकम्पले क्षति गरेको दरबार हाइस्कुल परम्परागत ढाँचा मै निमार्ण हुने भएको छ । चिनियाँ सरकारले तयार गरेको चारतल्ले डिजाइन परिवर्तन गरेर पुरानै शौलीमा निमार्ण गर्न राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले निर्देशन दिइसकेको छ ।

राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले विद्यालय भवनको भित्री संरचना अपांगमैत्री हुने भनेको छ । पुनर्निमार्ण क्रममा अत्याधुनिक कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपद्का बेलामा उद्घार गर्न सकिने गरी बनाउने निमार्ण गरेको छ ।

भूकम्पले ४६ कोठे विद्यालय ध्वस्त भएपछि विद्यार्थीहरु निकै लामो समय १६ कोठे अस्थायी टहरामा पढे । दरबार हाइस्कुलभित्र दुई वटा विद्यालय थिए ।

भानु मावी र संस्कृत मावि । दुवै गरी ३ सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विद्यालयका प्राचार्य बद्रीप्रसाद दाहाल भूकम्पपछि विद्यार्थीको विचल्ली भएको र धेरै विद्यार्थी घटेको बताउँछन् ।

भूकम्पपछि लाइब्रेरी, विज्ञान प्रयोगशाला, कम्प्यूटर कक्षाकोठा अहिले प्रयोगमा छैनन् । विक्रम संवत १९१० सालमा स्थापना भएको यो विद्यालयमा शुरुमा निःशुल्क पढाइन्थ्यो । २०३० को राष्ट्रिय शिक्षा

पद्धति ऐन लागू भएपछि खर्च जिल्ला शिक्षा कार्यलय मातहत आएको छ । तत्कालनी प्रधानमन्त्री ‘श्री ३ हरूको जहानियाँ स्कूल’ हिजो आज भने मजदुर विद्यालयमा परिणत भएको छ ।

कुनै बेला धनी वर्गका छोरा–छोरी मात्रै पढ्ने स्कुल आज विपन्न वर्गका छोरा छोरी पढ्ने स्कुल बनेको छ ।
यसको ईतिहास बडो गजबको छ । ११ जना विद्यार्थीबाट सुरु गरिएको भनिन्छ, दरबार हाइस्कुल । अहिले ३ सय विद्यार्थी छन् । तर, २०३० को दशकमा करिब २ हजार विद्यार्थीको भीड लाग्थ्यो । त्यो थेगिसक्नु हुँदैन थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...