कुनै बेला धनी वर्गका छोरा–छोरी मात्रै पढ्ने दरबार हाइस्कुल भत्काएर करोडौँ कमिसन खान महानगरको एउटा समुह सक्रिय



हाम्रो इकोनोमि

काठमाडौं । नेपाली कागजमा धमाधम सम्झौता गरिदै थियो । भनिदै थियो एउटैलाई हामी काम दिँदैनौ । विभिन्न समूहमा दिन्छौँ । किन भने, इँटा, ढुंगा र काठ सर्लक्क सर्लक्क छुट्टा–छुट्टै राख्नु पर्छ है । त्यसैले एउटैलाई हैन धेरैलाई काम दिन लागेको हो । काम भिन्दा भिन्दै समूहलाई दिनु पर्छ ।

यहिबीचमा एक जना बुढा मान्छेले पछि विवाद हुन्छ, अहिले नै सबै कुरा प्रष्ट पार्नु पर्छ है, भने । कोही छेउतिर गएर कानेखुसी गर्दै थिए । प्रसंग हो, भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनःनिर्माणको ।

चीनले अब यसको पुनः निर्माण गर्ने छ । नेपाल सरकारले लामो समय विवाद गरेपछि समयमै पुनःनिर्माण हुन सकेन । अहिले बल्ल भत्काउने सुरसार भइरहेको छ ।

माथिको मिश्रित संवाद त्यही भत्काउने सुरसारको हो । भत्काउने जिम्मा दिइसकेपछि भोलि कुनै कारण काम नरोकियोस भनेर एक हुल मान्छेहरु टहरोको बेन्चमा बसेर धमाधम नेपाली कागजमा लेख्ने हस्ताक्षर गर्ने गरिरहेका थिए ।

२०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको दरबार हाईस्कुल अब भत्किने भएको छ । त्यहाँबाट पठनपाठन अन्तै सारिसकिएको छ । संस्कृत विद्यालय वाल्मिकि विद्यापीठ प्रदर्शनी मार्गमा सारिएको छ । दरबार हाइस्कुल (भानु मावि) खुलामञ्चमा सारिएको छ ।

यो दरबारहाइस्कुल १९९० सालको भूकम्पले समेत भत्काएको बताइन्छ । अहिले भत्किएको भवनमा प्रयोग भएका इँटामा लेखिएको १९९३ सालले पनि त्यसको पुष्टी हुन्छ ।

दरबार हाई स्कुल पुनःनिर्माणमा ७० करोडभन्दा बढीको लगानी लाग्ने अनुमान चीनले गरेको छ । उसले अनुदानमा १८ वटा विद्यालय बनाउने सम्झौता गरेको छ ।

पुरानै ढाँचामा बन्ने
भूकम्पले क्षति गरेको दरबार हाइस्कुल परम्परागत ढाँचा मै निमार्ण हुने भएको छ । चिनियाँ सरकारले तयार गरेको चारतल्ले डिजाइन परिवर्तन गरेर पुरानै शौलीमा निमार्ण गर्न राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले निर्देशन दिइसकेको छ ।

राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले विद्यालय भवनको भित्री संरचना अपांगमैत्री हुने भनेको छ । पुनर्निमार्ण क्रममा अत्याधुनिक कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपद्का बेलामा उद्घार गर्न सकिने गरी बनाउने निमार्ण गरेको छ ।

भूकम्पले ४६ कोठे विद्यालय ध्वस्त भएपछि विद्यार्थीहरु निकै लामो समय १६ कोठे अस्थायी टहरामा पढे । दरबार हाइस्कुलभित्र दुई वटा विद्यालय थिए ।

भानु मावी र संस्कृत मावि । दुवै गरी ३ सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विद्यालयका प्राचार्य बद्रीप्रसाद दाहाल भूकम्पपछि विद्यार्थीको विचल्ली भएको र धेरै विद्यार्थी घटेको बताउँछन् ।

भूकम्पपछि लाइब्रेरी, विज्ञान प्रयोगशाला, कम्प्यूटर कक्षाकोठा अहिले प्रयोगमा छैनन् । विक्रम संवत १९१० सालमा स्थापना भएको यो विद्यालयमा शुरुमा निःशुल्क पढाइन्थ्यो । २०३० को राष्ट्रिय शिक्षा

पद्धति ऐन लागू भएपछि खर्च जिल्ला शिक्षा कार्यलय मातहत आएको छ । तत्कालनी प्रधानमन्त्री ‘श्री ३ हरूको जहानियाँ स्कूल’ हिजो आज भने मजदुर विद्यालयमा परिणत भएको छ ।

कुनै बेला धनी वर्गका छोरा–छोरी मात्रै पढ्ने स्कुल आज विपन्न वर्गका छोरा छोरी पढ्ने स्कुल बनेको छ ।
यसको ईतिहास बडो गजबको छ । ११ जना विद्यार्थीबाट सुरु गरिएको भनिन्छ, दरबार हाइस्कुल । अहिले ३ सय विद्यार्थी छन् । तर, २०३० को दशकमा करिब २ हजार विद्यार्थीको भीड लाग्थ्यो । त्यो थेगिसक्नु हुँदैन थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...