चितवनमा प्रहरी बनेर झुक्याई महिलाको बलात्कार, एक जना पक्राउ



हाम्रो इकोनोमि

चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् ।

घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पदमपुरकी एक महिलालाई दुई युवकले थाङखोलाको जंगलमा बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

गएको बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीम्ानलाई घरबाट लिएर गएका थिए ।

उनीहरुले पीडितको श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका थिए । पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

फरार युवकको खोजी भइरहेको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी अनुसन्धान सुरुगरिएको खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...