टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई थुनियो रातभरी कार्यकक्षभित्रै, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी आफ्नै कर्मचारीहरुको घेराबन्दीमा परेकी छिन ।  सम्झौता गरे अनुरुप काम गर्न नसकेको र नेपाल टेलिकमलाई डुबाएर एनसेललाई पोसेको आरोपमा सञ्चारमन्त्री गोकुल बास्कोटाले हटाउन खोजेपनि  प्रचण्डलाई गुहारेर पदमा थमौति पाएकी कामिनी आफ्नै कार्यकक्षमा हिजो सोमबार राती ३ बजेसम्म घेराउमा परेकी छन् ।

नेपाली कांग्रेसआबद्ध नेपाल टेलिकम वर्कस युनियनको आह्वानमा सोमबार साँझदेखि टेलिकम व्यवस्थापनले दुई तिहाइ बहुमत सरकारको रबर स्टायम्प भएर काम गर्न थालेकाले युनियनले विरोधस्वरूप घेराउ कार्यक्रम राखेका हुन् । प्रबन्ध निर्देशक राजभण्डारीलाई सोमबार साँझदेखि राती ३ बजेसम्म शान्तिपूर्ण धर्नामार्फत आफ्नै कार्यकक्षमा बन्दी बनाइएको थियो ।

उनलाई नेपाली कांगै्रेस निकट कमएचारीहरुले आफ्नो कार्यकष्बाट ढिम्किन नदिई त्यही धर्ना दिएर कार्यकक्षमै बन्दी बनाएका हुन ।
कांग्रेस निकट कर्मचारीहरुका अनुसार कामिनी राजभण्डारीले नेपाल टेलिकमलाई नेपाल कम्युनिस्ट पार्टीको सहोदर बन्धुको कार्यालयको रूपमा विकास गर्न थालेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन । ।

टेयुनियनले सोमबार राती ३ बजेसम्म घेराउ गरेपछि कर्मचारीहरूबीच धर्ना कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी सल्लाह गर्न स्थगित गरिएको सो धर्ना कार्यक्रम आज मंगलबार फेरि मध्यान्हबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...