टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई थुनियो रातभरी कार्यकक्षभित्रै, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी आफ्नै कर्मचारीहरुको घेराबन्दीमा परेकी छिन ।  सम्झौता गरे अनुरुप काम गर्न नसकेको र नेपाल टेलिकमलाई डुबाएर एनसेललाई पोसेको आरोपमा सञ्चारमन्त्री गोकुल बास्कोटाले हटाउन खोजेपनि  प्रचण्डलाई गुहारेर पदमा थमौति पाएकी कामिनी आफ्नै कार्यकक्षमा हिजो सोमबार राती ३ बजेसम्म घेराउमा परेकी छन् ।

नेपाली कांग्रेसआबद्ध नेपाल टेलिकम वर्कस युनियनको आह्वानमा सोमबार साँझदेखि टेलिकम व्यवस्थापनले दुई तिहाइ बहुमत सरकारको रबर स्टायम्प भएर काम गर्न थालेकाले युनियनले विरोधस्वरूप घेराउ कार्यक्रम राखेका हुन् । प्रबन्ध निर्देशक राजभण्डारीलाई सोमबार साँझदेखि राती ३ बजेसम्म शान्तिपूर्ण धर्नामार्फत आफ्नै कार्यकक्षमा बन्दी बनाइएको थियो ।

उनलाई नेपाली कांगै्रेस निकट कमएचारीहरुले आफ्नो कार्यकष्बाट ढिम्किन नदिई त्यही धर्ना दिएर कार्यकक्षमै बन्दी बनाएका हुन ।
कांग्रेस निकट कर्मचारीहरुका अनुसार कामिनी राजभण्डारीले नेपाल टेलिकमलाई नेपाल कम्युनिस्ट पार्टीको सहोदर बन्धुको कार्यालयको रूपमा विकास गर्न थालेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन । ।

टेयुनियनले सोमबार राती ३ बजेसम्म घेराउ गरेपछि कर्मचारीहरूबीच धर्ना कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी सल्लाह गर्न स्थगित गरिएको सो धर्ना कार्यक्रम आज मंगलबार फेरि मध्यान्हबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...