क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा



हाम्रो इकोनोमि

सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालय तथा प्रदेश कार्यालयको सर्वेक्षण नहँुदा पहिलेको स्वरुपमै काम गरिरहेका छन् ।

ती क्षेत्रीय निर्देशनाललाई अब प्रादेशिक निर्देशनालय बनाउन सातवटै प्रदेशका मुकाममा ती प्रादेशिक निर्देशनालयलाई राखिने उहाँले उल्लेख गर्नुभयो । अहिले क्षेत्रीय कार्यालय क्षेत्रीय सदरमुकाममा छन् ।

मन्त्रालयले सचिव शंकर कोइरालालको संयोजकत्वका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, अर्थमन्त्रालयका सहसचिव रहेको संगठन तथा दरबन्दी संरचना समिति गठित गठन गरेर प्रदेशमा रहने कार्यालय र दरबन्दी यकिनबारे सर्वेक्षण गरिरहेको छ । समितिले चाँडै नै आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारीमा छ ।

प्रादेशिक निर्देशनालयका लागि करीब दुई हजारका दरले कर्मचारी आवश्यकपर्ने देखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यसअघि समितिले स्थानीय तहको संगठन तथा व्यवस्थापनबारे सर्वेक्षण गरिसकेको छ । सर्वेक्षणमा स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक पर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...