क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा



हाम्रो इकोनोमि

सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालय तथा प्रदेश कार्यालयको सर्वेक्षण नहँुदा पहिलेको स्वरुपमै काम गरिरहेका छन् ।

ती क्षेत्रीय निर्देशनाललाई अब प्रादेशिक निर्देशनालय बनाउन सातवटै प्रदेशका मुकाममा ती प्रादेशिक निर्देशनालयलाई राखिने उहाँले उल्लेख गर्नुभयो । अहिले क्षेत्रीय कार्यालय क्षेत्रीय सदरमुकाममा छन् ।

मन्त्रालयले सचिव शंकर कोइरालालको संयोजकत्वका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, अर्थमन्त्रालयका सहसचिव रहेको संगठन तथा दरबन्दी संरचना समिति गठित गठन गरेर प्रदेशमा रहने कार्यालय र दरबन्दी यकिनबारे सर्वेक्षण गरिरहेको छ । समितिले चाँडै नै आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारीमा छ ।

प्रादेशिक निर्देशनालयका लागि करीब दुई हजारका दरले कर्मचारी आवश्यकपर्ने देखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यसअघि समितिले स्थानीय तहको संगठन तथा व्यवस्थापनबारे सर्वेक्षण गरिसकेको छ । सर्वेक्षणमा स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक पर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...