मिटर ब्याजमा पैसा लगाउले नतिरे बन्दुक देखाएर धम्क्याउने प्रहरी खोरमा, को हुन महेशबहादुर सिंह



हाम्रो इकोनोमि

लाइसेन्स प्राप्त हतियारको आडमा अपराधिक क्रियाकलाप गर्दै आएका एक पेशेवर अपराधीको हतियार प्रहरीले खोसेको छ ।

मिटर ब्याजमा पैसा लगाउले नतिरे बन्दुक देखाएर धम्क्याउने  महेशबहादुर सिंह प्रहरी खोरमा जाकिएका छन ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडा घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंहको साथमा रहेका एउटा १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल, र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको हो ।

उनी अपहरण तथा शरिर बन्धक, वन्यजन्तुको अवैध चोरी निकासी लगायतका घटनामा मुछिएका व्यक्ति हुन् ।

महाशाखाका प्रमुख धिरज प्रताप सिंहका अनुसार हातहतियार खरखजाना ऐन, २०१९ बमोजिमको सर्तमा इजाजत लिए पनि नियम उल्लंघन गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट इजाजत रद्द गरेर हतियार बरामद गरिएको हो ।

बरामद गरिएको हतियार सरकारी कोषमा दालिखा गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...