मिटर ब्याजमा पैसा लगाउले नतिरे बन्दुक देखाएर धम्क्याउने प्रहरी खोरमा, को हुन महेशबहादुर सिंह



हाम्रो इकोनोमि

लाइसेन्स प्राप्त हतियारको आडमा अपराधिक क्रियाकलाप गर्दै आएका एक पेशेवर अपराधीको हतियार प्रहरीले खोसेको छ ।

मिटर ब्याजमा पैसा लगाउले नतिरे बन्दुक देखाएर धम्क्याउने  महेशबहादुर सिंह प्रहरी खोरमा जाकिएका छन ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडा घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंहको साथमा रहेका एउटा १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल, र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको हो ।

उनी अपहरण तथा शरिर बन्धक, वन्यजन्तुको अवैध चोरी निकासी लगायतका घटनामा मुछिएका व्यक्ति हुन् ।

महाशाखाका प्रमुख धिरज प्रताप सिंहका अनुसार हातहतियार खरखजाना ऐन, २०१९ बमोजिमको सर्तमा इजाजत लिए पनि नियम उल्लंघन गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट इजाजत रद्द गरेर हतियार बरामद गरिएको हो ।

बरामद गरिएको हतियार सरकारी कोषमा दालिखा गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...