कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या, यसरी भीरबाट खसाले, श्रीमती प्रेमीसहित पक्राउ



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टलाई भासुको भिरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ । बडाल र बिष्टबिच गएको वैशाखमा मात्रै विवाह भएको थियो ।


गोदावरी नगरपालिका–१० कैलाली माइतीघर भएकी लक्ष्मी बडाल र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबिच लामो समयदेखी प्रेम सम्बन्ध थियो । उनीहरुले जसरी पनि विवाह गरेर एक अर्काको हुने कसम खाएका थिए ।

लक्ष्मीले दीपकसँग विवाहका लागि गरेको प्रस्ताव परिवारले स्वीकार गरेन । बरु उनको परिवारले गएको वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टसँग लक्ष्मीको मागी विवाह गरिदियो ।

नचाहेरै परिवारको दबाबमा अर्कै युवकसँग विवाह गर्नुपरेपछि लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यही असार ८ गते श्रीमती लक्ष्मीसहित ससुराली आएका तेजबहादुर सोहीदिनदेखि बेपत्ता थिए । लक्ष्मी र उनका प्रेमीले असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए ।

भासु भिरमा पुर्‍याएर रडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए ।

उनले शव र मोटरसाइकल निकाल्नका लागि अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिए । अग्लो भासु भिरको डरलाग्दो खोल्सामा शव र मोटरसाइकल देखिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । उनले शव र मोटरसाइकल सडकसम्म ल्याइपु¥याउन केही समय लाग्न सक्ने बताए ।

हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरिसकेको उनले बताएका छन् । दुवै आरोपितलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...