एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि,सी देखि तलकाले परीक्षा दिन पाउने



हाम्रो इकोनोमि

 

 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ। परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ।

परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको बोर्डले जनाएको छ।  साउन २३ गते अनिवार्य अंग्रजीको परीक्षा हुनेछ। यस्तै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अनिवार्य अंग्रजीको परीक्षा हुनेछ।

२४ गते अनिवार्य नेपालीको परीक्षा तय भएको छ भने २५ गते अनिवार्य गणित र २६ गते अनिवार्य विज्ञानको परीक्षा लिइनेछ। वेदविद्ययाश्रमतर्फ २६ गते नै अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको जाँच हुनेछ।

२७ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने २८ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षाको जाँच हुनेछ। वेदविद्याश्रमतर्फ यो दिन अनिवार्य संस्कृत भाषाको परीक्षा तोकिएको छ।

२९ गते एेच्छिक प्रथमका सबै विषय र ३० गते ऐच्छिक द्वितीयका सबै विषयको जाँच हुनेछ। प्राविधिकतर्फका परीक्षा भने साउन २७ देखि सुरु भई भदौ २ गते सकिने बोर्डले निकालेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...