एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि,सी देखि तलकाले परीक्षा दिन पाउने



हाम्रो इकोनोमि

 

 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ। परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ।

परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको बोर्डले जनाएको छ।  साउन २३ गते अनिवार्य अंग्रजीको परीक्षा हुनेछ। यस्तै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अनिवार्य अंग्रजीको परीक्षा हुनेछ।

२४ गते अनिवार्य नेपालीको परीक्षा तय भएको छ भने २५ गते अनिवार्य गणित र २६ गते अनिवार्य विज्ञानको परीक्षा लिइनेछ। वेदविद्ययाश्रमतर्फ २६ गते नै अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको जाँच हुनेछ।

२७ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने २८ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षाको जाँच हुनेछ। वेदविद्याश्रमतर्फ यो दिन अनिवार्य संस्कृत भाषाको परीक्षा तोकिएको छ।

२९ गते एेच्छिक प्रथमका सबै विषय र ३० गते ऐच्छिक द्वितीयका सबै विषयको जाँच हुनेछ। प्राविधिकतर्फका परीक्षा भने साउन २७ देखि सुरु भई भदौ २ गते सकिने बोर्डले निकालेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...