बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

पहिराेले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।

घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।

गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...