पहिरोले नारायणगढ मुग्लिन सडक आज पनि अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई सुझाव



हाम्रो इकोनोमि

नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोलालगायतका स्थानमा पहिरो खस्दा आज पनि आवागमन अवरुद्ध बनेको छ ।

मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउने काम शुरु गरिएको भए पनि ठूलो पहिरो आएका कारणले अझै केहीघण्टा लाग्ने सक्ने चितवनका प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए ।

केही दिनदेखि सो क्षेत्रमा परेको पानीसँगै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । विशेष गरी चारकिलो भन्ने स्थानमा अत्यधिक मात्रामा पहिरो झर्ने गरेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल चारकिलोमा पहिरो रोक्ने कुनै उपाय नभएको बताउँछन् ।

अन्यत्र स्थानमा पहिरो रोक्न गरिएका उपायहरु प्रभावकारी भएको उनको दावी छ । पहिरोका कारण दैनिकजसो सवारी आवागमन प्रभावित भएको छ । घन्टौं जाममा बस्नुपर्ने वाध्यता आएकोले प्रहरीले सकभर वैकल्पिक मार्गहरुको प्रयोग गरी यात्रा गर्न र सर्वसाधारणहरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...