पहिरोले नारायणगढ मुग्लिन सडक आज पनि अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई सुझाव



हाम्रो इकोनोमि

नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोलालगायतका स्थानमा पहिरो खस्दा आज पनि आवागमन अवरुद्ध बनेको छ ।

मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउने काम शुरु गरिएको भए पनि ठूलो पहिरो आएका कारणले अझै केहीघण्टा लाग्ने सक्ने चितवनका प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए ।

केही दिनदेखि सो क्षेत्रमा परेको पानीसँगै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । विशेष गरी चारकिलो भन्ने स्थानमा अत्यधिक मात्रामा पहिरो झर्ने गरेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल चारकिलोमा पहिरो रोक्ने कुनै उपाय नभएको बताउँछन् ।

अन्यत्र स्थानमा पहिरो रोक्न गरिएका उपायहरु प्रभावकारी भएको उनको दावी छ । पहिरोका कारण दैनिकजसो सवारी आवागमन प्रभावित भएको छ । घन्टौं जाममा बस्नुपर्ने वाध्यता आएकोले प्रहरीले सकभर वैकल्पिक मार्गहरुको प्रयोग गरी यात्रा गर्न र सर्वसाधारणहरुलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...