नक्कली सवारी चालक अनुमति पत्र बनाउने गिरोह प्रहरीको फन्दामा, भारतीय नागरिकसँग नेपाली लाइसेन्स



हाम्रो इकोनोमि

नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् ।

भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ परेका हुन् ।

नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले दियालीको साथबाट नेपाली लाइसेन्स समेत भेट्टाएका थिए।

‘उनीसँग नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय, कोशीमा लाइसेन्स बारे सोधका थियौं’, कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाले भने, ‘त्यहाँबाट जवाफ आएपछि उनले भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग गरेको खुलेको छ ।’

कोइरालाका अनुसार उनको साथबाट ०२-२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ ।

दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, झापाबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
उनलाई यसअघि पनि प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...