नक्कली सवारी चालक अनुमति पत्र बनाउने गिरोह प्रहरीको फन्दामा, भारतीय नागरिकसँग नेपाली लाइसेन्स



हाम्रो इकोनोमि

नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् ।

भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ परेका हुन् ।

नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले दियालीको साथबाट नेपाली लाइसेन्स समेत भेट्टाएका थिए।

‘उनीसँग नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय, कोशीमा लाइसेन्स बारे सोधका थियौं’, कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाले भने, ‘त्यहाँबाट जवाफ आएपछि उनले भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग गरेको खुलेको छ ।’

कोइरालाका अनुसार उनको साथबाट ०२-२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ ।

दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, झापाबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
उनलाई यसअघि पनि प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...