लगातार बढेको गर्मीले तराइको जनजीवनमा प्रभाव



हाम्रो इकोनोमि

लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुर लगायत तराईका जिल्लामा जनजीवन नराम्रोसँग प्रभावित हुन थालेको छ ।

बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि चिसो मौसम रहने ठाउँ खोज्दै हिड्न थालेका छन् ।

वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् ।

बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुकेर जान थालेको स्थानीय कृषकहरुले गुनासोगरेका छन् ।

तराइका अधिकांश क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...