लगातार बढेको गर्मीले तराइको जनजीवनमा प्रभाव



हाम्रो इकोनोमि

लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुर लगायत तराईका जिल्लामा जनजीवन नराम्रोसँग प्रभावित हुन थालेको छ ।

बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि चिसो मौसम रहने ठाउँ खोज्दै हिड्न थालेका छन् ।

वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् ।

बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुकेर जान थालेको स्थानीय कृषकहरुले गुनासोगरेका छन् ।

तराइका अधिकांश क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...