हात्तीको आक्रमणबाट महिलाको मृत्यु



हाम्रो इकोनोमि

सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भँैसी गोठमा बसिरहेको अवस्थामा आइतबार राति हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...