देवीटारबाट बनेपातर्फ आउँदै गरेको १२ यात्रु बोकेको मिनी ट्रकमा आगो लाग्यो, बल्दै खोल्सामा खस्यो



हाम्रो इकोनोमि

करीब १२ यात्रु बोकेको मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ ।

देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको स्थानीयले जानकारी दिएका छन् । आयो लागेको सो मिनी ट्रक सडकबाट करीब ३० मिटर तल खसेको छ ।

काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासैनीका अनुसार घटनास्थलबाट प्रहरीले ६ जनाको उद्दार गरी अस्पताल पठाएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । ‘मिनि ट्रकमा १०–१२ जना थिए भन्ने कुरा आएको छ, हामी अरूलाई पनि खोज्दैछौं,’ मरासैनीले भने । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । फाइल तस्विर

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...