देवीटारबाट बनेपातर्फ आउँदै गरेको १२ यात्रु बोकेको मिनी ट्रकमा आगो लाग्यो, बल्दै खोल्सामा खस्यो



हाम्रो इकोनोमि

करीब १२ यात्रु बोकेको मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ ।

देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको स्थानीयले जानकारी दिएका छन् । आयो लागेको सो मिनी ट्रक सडकबाट करीब ३० मिटर तल खसेको छ ।

काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासैनीका अनुसार घटनास्थलबाट प्रहरीले ६ जनाको उद्दार गरी अस्पताल पठाएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । ‘मिनि ट्रकमा १०–१२ जना थिए भन्ने कुरा आएको छ, हामी अरूलाई पनि खोज्दैछौं,’ मरासैनीले भने । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । फाइल तस्विर

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...