असार मसान्तभित्र स्थानीय तहमा नजाने कर्मचारीलाई पाता कस्न मन्त्री लालबाबु पण्डितको निर्देशन, नगए जागिर चट्



हाम्रो इकोनोमि

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका छन् । उनलेे कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको समेत जानकारी दिए ।

विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री पण्डितले भने, ‘प्रशासनिक अन्तरिमकालीन अवस्था असार मसान्तसम्म चल्छ, त्यसपछिका दिनमा सबै स्थानीय तहले कर्मचारी अभाव खेप्नु पदैन ।

मन्त्री पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा भएको र अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको जानकारी दिए । अब सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाइसकिने उनको भनाइ छ ।

स्थानीय तहमा तल्ला तहका कर्मचारी करारमा नियुक्ति गर्नेक्रममा ज्ानप्रतिनिधिका आफ्नै छोरी, भाइ, जेठान भएको पाइएपछि तत्काललाई स्थानीय तहमा कर्मचारी नियुक्ति बन्द गरिएको उनले जानकारी दिए ।

उनले केन्द्रीय तहबाट हाललाई कर्मचारी व्यवस्थापन गर्ने र चाँडै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवा मार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति गरिने बताए ।

मन्त्री पण्डितले सरकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई मन्त्रालय गएर हाजिर गरेर बस्न कसैलाई छुट नदिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...