एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा



 

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले शनिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ ।

प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ ।

२३ डेरीका दूधमा कोलिफर्म

राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ ।

कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमो १५ दिनअघि संकलन गरिएका ४२ वटा दूधका नमूनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ ।

मन्त्रालयद्वारा जारी रिपोर्ट अनुसार, आधुनिक डेरी बालाजु, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जयश्री डेरी काभ्रे, भक्तपुर डेरी, भक्तपुर, चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज, हिमालयन डेरी लगनखेल, दुग्ध विकास संस्थानका दूधमा कोलिफम जीवाणु पाइएको हो ।

त्यसैगरी जगदम्बा डेरी भक्तपुर, एचडी मिल्क एण्ड वेभरेज, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस मिल्क, नवप्रभात डेरी गोदावरी, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, राजधानी डेरी काठमाडौं, सुजल डेरी थानकोट, सञ्जीवनी डाइटी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, हिमालयन डेरी प्रोडक्ट लगनखेल, तुलसा डेरी प्रालि काठमाडौं र संयुक्त डेरी पाटनको लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ ।

प्रदेश २ मा छुट्टै प्रहरी गठन गर्ने तयारी !

 

संघीय सरकारले संघीय संरचनाअनुसार प्रहरी परिचालनबारे आवश्यक कानून निर्माण गर्न ढिलाइ गरिरहेका बेला प्रदेश नम्बर २ को सरकारले भने आफू मातहत छुट्टै प्रहरी संगठन गठन गर्ने तयारी अगाडि बढाएको छ । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी सम्बन्धी ब्यबस्था गर्न ऐन नै निर्माण गरिसकेको छ ।

नेपालको संविधानको धारा २६८(२)मा प्रत्येक प्रदेशमा एक छुट्टै प्रहरी संगठन रहने छ भन्ने ब्यबस्था रहेको र सोही धाराको उपधारा (३)मा ‘संघीय प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ब्यबस्था संघीय कानून बमोजिम हुनेछ’ भन्ने ब्यवस्था रहेको हुनाले प्रदेश प्रहरी ऐन बनाउन विधेयक तयार पारि प्रदेश सभामा दर्ता गराइएको आनतरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

बूढीगण्डकीका लागि विदेशी ऋण नलिन सुझाव

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक उनको भनाइ छ ।

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप

आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलकाअनुसार आगामी दशैँ अगावै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण (पानी खसाल्ने) गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएको हो ।

निर्माण व्यवसायीको रुपमा सिएमसीले तोकिएबमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत जेठ १८ गते १५ दिनको म्याद राखेर मन्त्रालयले आयोजनामा किन ढिलाई भएको हो ? भन्ने प्रश्नको उत्तर दिन भनेको थियो ।

भारत हुँदै युरोप पुग्छ नेपाली चरेश

प्रदेश ३ को मकवानपुर र धादिङमा उत्पादन हुने चरेश भारत हुँदै युरोपेली देशका बजारमा पुग्ने गरेको तथ्य खुलेको छ । भारतीय नागरिकको सक्रियतामा भारतीय बजार हुँदै नेपाली चरेश युरोपसम्म पुग्न थालेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले शनिवार काठमाडौंबाट २ सय १३ किलोग्राम चरेश पक्राउ गरेपछि नेपाली चरेश युरोपसम्म पुग्ने गरेको तथ्य खुलेको हो ।

आइपिएलमा सट्टेबाजी गर्ने पक्राउ 

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौंको बजेट तेह्र अर्ब

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आइतबार राजधानीमा आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार  अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा