डनको लिस्ट प्रहरीले तयार ग¥यो, पक्राउ गर्दा प्रतिकार गरे इन्काउन्टर गर्ने , हेर्नुहोस कोको छन् लिस्टमा



काठमाडौमा रही विभिन्न खालको अपराधमा संलग्न भएकाहरुको लागत संकलन प्रहरीले गरेको छ । गुण्डागर्दीमा संलग्न डनहरुको सूचि तयार गर्दा उपत्यकामा १९० डन रहेको जानकारीमा आएको छ ।

उनीहरूविरुद्ध प्रहरी आक्रामक रुपमा अगाडी बढेको छ । जसअनुसार पक्राउ गर्दा यताउती गरे इन्काउण्टर सम्म गर्न सक्ने प्रहरीले जानकाजरी दिएकोछ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का निगरानीमा छन् ।

त्यस्तै, गोंगबूका ३८ वर्षीय काले भनिने साजन महर्जन, चाँगु नारायणका फिस्टे भनिने ३५ वर्षीय रामेश्वर गौतम, सर्लाहीका ३१ वर्षीय श्याम मोक्तान, संखुवासभाको दिदिङ–१ का ३३ वर्षीय दुर्गाबहादुर राई, सामाखुसीका ३२ वर्षीय नेरू लामा, भक्तपुरका ५४ वर्षीय नवीन विष्ट, ठमेलका ४९ वर्षीय दीपक मनांगे भनिने राजीव गुरुङ, बसुन्धराका ३३ वर्षीय निरे भनिने रिजन पौडेल र महाराजगन्जका चक्रे मिलन भनिने ४५ वर्षीय मिलन गुरुङ यो सूचीमा छन् । उच्च निगरानीकै सूचीमा नयाँ बानेश्वरका ३६ वर्षीय उमेश लामा, बौद्धका केसी भनिने २८ वर्षीय प्रवीण खड्का, बौद्धकै दावा भनिने ३४ वर्षीय जितेन्द्र तामाङ, स्वयम्भूका २८ वर्षीय कारोतो गुरुङ र स्वयम्भूकै ३८ वर्षीय कर्मा घले पनि छन् ।

यसमध्ये, दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् । प्रदेश ४ का सांसदसमेत रहेका मनांगे अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा स्वयम्भूबाट पक्राउ परेका थिए । लामालाई भने बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । त्यसबाहेक काभ्रेका चर्चित डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेश हातहतियार मुद्दामा पक्राउ गरिएको थियो भने अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो ।

काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक ढंगले लागेको बताए । उनले भने, ‘गुण्डागर्दी नियन्त्रणका लागि हामीले विशेष कार्यविधि बनाएका छौँ । जसअनुसार राजधानीका डन भनिनेहरूको सबै लिस्ट उतारेका छौँ । चालचलनका आधारमा वर्गीकरण गरेर केही पक्राउ परिसकेका छन् । केही उच्च निगरानीमा छन् ।’
महानगरीय अपराध अनुसन्धान महाशाखा पनि गुण्डागर्दी नियन्त्रणमा आक्रामक ढंगले लागेको छ ।

अशोक लामामाथि गोली प्रहार गर्नु र डनले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको छ ।’ गुण्डागर्दी नियन्त्रण अभियानकै क्रममा अशोक लामालाई पक्राउ र वीरेन्द्रलाल श्रेष्ठ, बले भनिने बलराम सापकोटा, आङकाजी शेर्पा र रगुनाथ पुरीको लाइसेन्स प्राप्त हतियार जफत गरिएको सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा