कलंकीबाट २ सय १३ किलो चरेश र दुई किलो अफिससहित भारतीय नागरिकलाई पक्राउ, भारतीय ट्रकबाट नेपाल भित्रियो



हाम्रो इकोनोमि

भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी गर्दागर्दै शनिबार एक जनालाई नियन्त्रणमा लिएसँगै लागूऔषध तस्करीको यो शैली सार्वजनिक भएको हो ।

ब्यूरोका प्रमुख डिआईजी ठूले राईका अनुसार एनसीबीको टोलीले काठमाडौं–१४, कलंकीबाट २ सय १३ किलो चरेश र दुई किलो २ सय ५० ग्राम अफिससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनको अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी, मोखिलिशपुर सेमरा–९, ग्राम झकिया टोल पूर्वी चम्पारण बिहारका २५ वर्षीय मेराज आलम छन् ।

उनी फल्सबटम बनाएर तस्करीमा प्रयोग गरिएको डब्लूबी २३ बी ५८८५ नम्बरको ट्रकको ड्राइभर हुन् । प्रहरीका अनुसार उनले नेपालमा उत्पादित चरेश र अफिम भारतको दिल्लीसम्म लग्ने तयारी रहेको बयान दिएका छन् ।

‘यो लागूऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसारपसार गर्न लागिएको थियो’, आलमको भनाइलाई उदृत गर्दै प्रहरीले भन्यो ।

मुख्य नाइके फरार

तस्करीका मुख्य नाइके भने फरार रहेको प्रहरीले जनाएको छ । नेपालबाट लागूऔषध खरिद गरेर भारत लैजाने कन्साइन्मेन्ट दिने समेत भारतीय नागरिक नै रहेको प्रहरीको दाबी छ । यद्यपि, उसको नाम भने खुलाइएको छैन ।

‘हामीले मुख्य कारोबारीको मोबाइल नम्बर फेला पारेका छौं । साथै, अन्य केही प्रमाणहरु पनि भेटिएका छन्’, ब्यूरोका अधिकारी भन्छन्, ‘नाइकेसम्म पनि चाँढै पुग्छौं ।’

प्रहरीका अनुसार सोही ट्रककाे प्रयोग गरेर यसअघि पनि पटकपटक चरेश र अफिम तस्करी भएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...