वडाध्यक्षले सडकमै देखाए ताण्डप, खुकुरी हान्दा चार घाइते



हाम्रो इकोनोमि

रौतहटको बौधिमाई–७ का वडाध्यक्ष विजय कुसवाहले सडक विस्तारका क्रममा विवाद हुदा स्थानीय चार जनामाथि खुकुरी प्रहार गरेका छन् ।

सडक विस्तारका लागि स्थानीय बासिन्दाको जग्गामा जबर्जस्ती डोजर चलाएपछि विवाद भएको थियो । विपक्षी पार्टीका समर्थकहरूको जग्गामा वडाध्यक्ष कुसवाहले जबर्जस्ती डोजर चलाएको स्थानीयवासीको आरोप छ ।

वडाध्यक्षसहितका ५० जनाको समूहले स्थानीय शिवगोविन्द कुसवाह, महानन्द कुसवाह, रामेश्वर कुशवाहालगायतलाई धारिलो हतियार प्रहार गरेको हो । वडाध्यक्ष कुसवाह तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् ।

घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताए । जग्गाधनी गोविन्द कुसवाहले एक महिनाअघि जिल्ला प्रशासन र अदालतमा आफ्नो जग्गामा सडक निर्माण रोक्न माग गर्दै निवेदन दिएका थिए । अदालत र प्रशासनको आदेश बेवास्ता गर्दै वडाध्यक्षले जबर्जस्ती बाटो विस्तार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...