वडाध्यक्षले सडकमै देखाए ताण्डप, खुकुरी हान्दा चार घाइते



हाम्रो इकोनोमि

रौतहटको बौधिमाई–७ का वडाध्यक्ष विजय कुसवाहले सडक विस्तारका क्रममा विवाद हुदा स्थानीय चार जनामाथि खुकुरी प्रहार गरेका छन् ।

सडक विस्तारका लागि स्थानीय बासिन्दाको जग्गामा जबर्जस्ती डोजर चलाएपछि विवाद भएको थियो । विपक्षी पार्टीका समर्थकहरूको जग्गामा वडाध्यक्ष कुसवाहले जबर्जस्ती डोजर चलाएको स्थानीयवासीको आरोप छ ।

वडाध्यक्षसहितका ५० जनाको समूहले स्थानीय शिवगोविन्द कुसवाह, महानन्द कुसवाह, रामेश्वर कुशवाहालगायतलाई धारिलो हतियार प्रहार गरेको हो । वडाध्यक्ष कुसवाह तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् ।

घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताए । जग्गाधनी गोविन्द कुसवाहले एक महिनाअघि जिल्ला प्रशासन र अदालतमा आफ्नो जग्गामा सडक निर्माण रोक्न माग गर्दै निवेदन दिएका थिए । अदालत र प्रशासनको आदेश बेवास्ता गर्दै वडाध्यक्षले जबर्जस्ती बाटो विस्तार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...