राजनीतिक दलका शीर्ष नेता नै मेडिकल माफिया भन्दै सडकमा उत्रिए गोविन्द केसी,१५औँ पटक अनसन बस्ने तयारी



डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेता नै मेडिकल माफिया रहेको बताएका छन्। तिनीहरु विरुद्ध आफू सडकमा उत्रिएको उनको भनाई छ। सरकारलाई गलत ट्रयाकमा जान उनी सडकमा विरोध प्रदर्शन गर्न उत्रिएका छन्। उनले चिकित्सा शिक्षा ऐन नेता र माफियाखुसी ल्याउने प्रयास भइरहेको र जनता र विद्यार्थीमुखी ऐन आउनुपर्नेमा जोड दिँदै नभए आफ्ना कुरा कसरी सुनाउनुपर्छ भन्ने जानेको बताए ।

चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन र माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने निर्णय खारेज गर्न माग गर्दै डा. केसीको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भयो । प्रदर्शनपछि संक्षित कुरा गर्दै डा. केसीले १४ पटकको अनसनपछि आएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन माग गरे ।

हालै मात्र आफूले भेट्दा शिक्षामन्त्रीले ‘अध्यादेश जे छ, त्यही पास हुन्छ भन्ने छैन’ भनेको सुनाउँदै उनले नेता र माफियामुखी विधेयक ल्याउन खेल भइरहेको बताए । उनले भने, ‘राज्य माफियाहरुले चलाइरहेका छन् । माफियाको इन्ट्रेस्ट विना केही काम हुँदैन ।’

राजनीतिक दल र तीनका नेताहरु त्यतिकै जिम्मेवार रहेको भन्दै डा. केसीले भने, ‘माफिया भनेको त राजनीतिक दलले पो संचालन गर्ने रहेछन् । नेता नै माफिया रहेछन् भन्ने पुष्टि भएको छ ।’

संविधान समाजवाद उन्मुख, मुलुक गणतान्त्रिक र पार्टीहरु समाजवादी भएपनि शिक्षा र स्वास्थ्यलाई चरम व्यवसायिकरण गरिएको भन्दै उनले आक्रोस पोखे । उनले अघि भने, ‘कसले गरेका छन् भने यिनी दलहरुले गरेका छन् । शीर्ष नेताहरु यति धनी छन् कि उद्योगपति पनि त्यति धनी छैन । कसरी भए त ?’

माइतीघर मण्डलामा भएको प्रदर्शन र अनसनको बलमा अध्यादेश आएको तर, अहिले अभिव्यक्ति स्वतन्त्रतालाई नै कुल्चने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो कर्तव्य कसरी पुरा गर्नुपर्छ हामीलाई थाहा छ, माफियामुखी ऐन ल्याउन दिइँदैन’ उनले भने ।

डा. केसीले आफ्ना माग सुन्दैनन् भने कसरी सुनाउने भन्ने आफूलाई थाहा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा