पोखरा महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता, विहान साढे ५ बजे हरियो टिसर्ट लगाएका पौडेल सेतीनदीमा हामफालेको आशँका



हाम्रो इकोनोमि

पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन ।

उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ । खोजी आइतबार पनि जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिबार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो ।

विहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेतीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानिय प्रत्यक्षदर्शी शान्ती श्रेष्ठले बताएकी छन् । प्रहरीले सेती वरपर रेस्क्यू टोली नै प्रयोग गरेर खोजी गरेपनि आझैसम्म केहिपनि पत्ता लगाउन सकेको छैन ।

यसैबीच, पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।

प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...