अब पुरुषले पनि नर्सिङ पढ्न पाउने



हाम्रो इकोनोमि

नर्स भन्ने बित्तिकै हाम्रो दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्विर आउँछ। त्यसो हुनुमा नेपाली अस्पतालमा महिला नै बढी भएर हो । त्यही कारण नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैँ लाग्छ। तर, अब यो परिचय फेरिने भएको छ।

नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ। काउन्सिलले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ। काउन्सिलको असार ५ गतेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ।

नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै आएको थियो। स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो।

काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...