प्रधानन्यायाधीश गोरखामा, गरे गोरखकालीको पूजा, यस्तो छ जानुको कारण



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्। शनिबार साँझ गोरखा आइपुगेका जोशीले आइतबार विहान ८ बजे देखि करिब आधाघण्टा गोरखकाली मन्दिरमा पूजाआजा गरेका हुन्।

जिल्ला अदालत गोरखाको नवनिर्मित भवनको अवलोकनका लागि गोरखा आएका जोशी आइतबार नै काठमाडौं फर्कने जिल्ला न्यायधीश बसन्तराज पौडेलले जानकारी दिए। प्रधानन्याधीशका लागि सिफारिस हुनुभन्दा अघि पनि गोरखकालीको पुजाआजा गर्न आएका जोशी सिफारिस भइसकेपछि पहिलो पटक फेरि गोरखकालीको दर्शनका लागि गोरखकाली मन्दिर पुगेका हुन्।

प्रधान्यायधीशको लागि सिफारिस भइसके पनि जोशीको नाम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले भने नियुक्त गर्न बाँकी रहेको छ। जोशीको साथमा उनका छोरा र सर्वाेच्च अदालतका रजिष्टार महेन्द्रनाथ उपाध्याय पनि गोरखा आएका छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...