प्रधानन्यायाधीश गोरखामा, गरे गोरखकालीको पूजा, यस्तो छ जानुको कारण



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्। शनिबार साँझ गोरखा आइपुगेका जोशीले आइतबार विहान ८ बजे देखि करिब आधाघण्टा गोरखकाली मन्दिरमा पूजाआजा गरेका हुन्।

जिल्ला अदालत गोरखाको नवनिर्मित भवनको अवलोकनका लागि गोरखा आएका जोशी आइतबार नै काठमाडौं फर्कने जिल्ला न्यायधीश बसन्तराज पौडेलले जानकारी दिए। प्रधानन्याधीशका लागि सिफारिस हुनुभन्दा अघि पनि गोरखकालीको पुजाआजा गर्न आएका जोशी सिफारिस भइसकेपछि पहिलो पटक फेरि गोरखकालीको दर्शनका लागि गोरखकाली मन्दिर पुगेका हुन्।

प्रधान्यायधीशको लागि सिफारिस भइसके पनि जोशीको नाम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले भने नियुक्त गर्न बाँकी रहेको छ। जोशीको साथमा उनका छोरा र सर्वाेच्च अदालतका रजिष्टार महेन्द्रनाथ उपाध्याय पनि गोरखा आएका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...