नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही ब्राउन सुगरसहित पक्राउ



हाम्रो इकोनोमि

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।

उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म सेनाको मेजर हुँ भने पनि उहाँले परिचय खुल्ने कागज भने देखाउनु भएको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो ।

पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ । उनीहरु दुवै जना बाँके प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...