नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए



हाम्रो इकोनोमि

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले मोरङ कानेपोखरी गाउँपालिका– १ का ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो ।

बस्नेतमाथि गत वैशाख १० गते काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई नक्कली छोरा बनाएर उनको मिर्गौला आफूलाई प्रत्यारोपण गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिए ।

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनुपर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरी आदेश जारी भएको हो ।

मिर्गौला झिकिएका गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ । गिरीको हकमा मिर्गौला झिकिएका पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनुपर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अव ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिए ।

बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ भने अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...