एसइईको नतिजा आज आउने, परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागी थिए



हाम्रो इकोनोमि

माध्यामिक शिक्षा परीक्षा(एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । गत चैत महिनामा संचालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५८६ जना विद्यार्थी सहभागी थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा–१० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...