प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत



हाम्रो इकोनोमि

राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो ।

उक्त प्रस्तावमाथि सांसद रामनारायण बिँडारी, राधेश्याम अधिकारी, विमला राई पौडेल, जितेन्द्रनारायण देव र वृशेषचन्द्र लालले कर्मचारीको सरुवा बढुवाका सम्बन्धमा पुनरावेदन जानेलगायत विषयलाई विधेयकमा परिमार्जन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार १० गते दिउँसो १ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...