आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री शाही



हाम्रो इकोनोमि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ ।

एसओएस बालग्रामको आयोजनामा आज यहाँ भएको अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्दछ भन्नुभयो ।

मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो । वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

उहाँले वर्तमान शिक्षा प्रणालीको परिवर्तनसँगै शिक्षालाई श्रमसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्यका लागि प्राविधिक शिक्षाको जरुरी रहेको उहाँले बताउनुभयो ।

सामाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रबाट वञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मुख्यमन्त्री शाहीले प्रशंसा गर्नुभयो । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...