यस्तो उल्टो छ नेपालको कानुन, जसलाई झुक्याएर मिर्गौला झिकियो उसैलाई मानव अंग प्रत्यारोपणको मुद्दा



हाम्रो इकोनोमि

मानसिक रुपमा बिरामी रहेका काभ्रे नालाका कुमार गिरी, जसलाई मृगौला तस्करी गर्ने गिरोहले झुक्याएर उनको मृगौला झिकेर विराटनगरका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिदिएका थिए ।

गएको वैशाख १० गते यसरी मानसिक रुपमा अस्वस्थ गिरीलाई झुक्याएर मृगौला निकाल्ने गिरोहलाई कानुनी दायरामा ल्याउनुको साटो भक्तपुर प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले पिडित गिरीलाई नै प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।

मृगौला तस्करीमा संलग्न पिडित गिरीका गाउँले लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग मिलेर थर्कवहादुरले नाता प्रमाणीकरणको नक्कली कागजात बनाएर कुमारको मृर्गौला आफुले प्रत्यारोपण गरेका थिए ।

वैशाख १० गते भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा थर्कबहादुरलाई प्रत्यारोपण गरिएको उक्त ‘मृगौला प्रकरण’ मा मानव अंग प्रत्यारोपण केन्द्रका डाक्टरको समेत मिलेमतो रहेको बताईएको छ ।

थर्कबहादुरले ‘आफ्नो छोरो’ भन्दै नक्कली कागजात बनाएर कुमारको मृगौला निकालेर आफैंले प्रत्यारोपण गरेका थिए ।  सामान्य लेखपढ् मात्र भएका कुमार गिरीलाई झुक्याउमा पार्ने समुहबारे अनुसन्धान गर्नुको साटो महानगरीय प्रहरी परिसर भक्तपुर र जिल्ला सरकारी वकिल कार्यालयले कुमारलाई नै प्रतिवादी बनाएर ‘मानव अंग प्रत्यारोपण’ मुद्धा चलाएका छन् ।

‘आफ्नो नजिकको नातेदारलाई मात्र मृगौला दिन पाउने कानुनी प्रावधान भएपनि रकम लेनदेन भएको आशंका लागेर कुमार गिरीलाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएका छौं’ जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरका प्रमुख चन्द्र पोखरेलले भने, ‘किर्ते कागजात बनाएर कुमार गिरीले थर्कबहादुरलाई मृगौला दिएको देखिन्छ ।’

आमाले अर्को केटासँग विवाह गरेको र बावुले सानीआमा ल्याएपछि हेलाँहोचोमा परेका कुमार मानसिक रोगको उपचार गराइरहेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयका भक्तपुरका प्रमुख चन्द्र पोखरेलले अहिले पनि कुमार पाटन अस्पतालमा प्रहरीको निगरानीमा उपचार गराइरहेको स्वीकार गरेका छन् ।

मृगौला तस्करको समुहले गिरीलाई बस्नेतको छोरा आशिष बस्नेत भन्दै नाता प्रमाणीकरणको नक्कली कागजात बनाएर मृगौला निकालेका थिए ।

थर्कबहादुरका छोरा आशिष, मृगौला तस्करहरु लालचन्द्र गिरी र डिल्लुरामलाई नियन्त्रणमा लिन समेत तदारुकता नदेखाएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) हिमालय श्रेष्ठले मिलेमतोमा मृगौला तस्करी गरिएको दाबी गरेका छन् ।

‘मानव प्रत्यारोपण ऐनअनुसार मृगौला लिने र दिने दुवै दोषी हुन्छन्’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) हिमालय श्रेष्ठले भने, ‘मृगौला दिने कुमार गिरीलाई पनि प्रतिवादी कायम गरेर हामीले अदालतमा मुद्धा बुझाइसकेका छौं, कुमार गिरी मानसिक रोगी भनिएको छ, पहिले अलिअलि औषधी खाएको रहेछ हामीले अस्पतालमा उसको स्वास्थ्य टेष्ट गर्न पठाएका छौं, रिपोर्ट आउँदै होला ।’

मृगौला तस्करी गर्ने समुहले कुमारलाई ४ महिनासम्म पालन–पोषण गरेर पत्थरीको समस्या भएको भन्दै उपचार गराउने बहानमा अस्पताल भर्ना गरेर मृगौला निकालेको पिडितका आफन्त रमेश गिरीले रातोपाटीलाई जानकारी दिएका छन् ।  रातोपाटीबाट

राजेश भण्डारी

 

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...