खतराको सूचीबाट हट्यो नेपालको वायु सेवा, अब नेपालगन्ज–दिल्ली सिधा उडान



अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन् ।

समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिदै उनले नेपालले आईकाओको उडान सुरक्षामापदण्ड पुरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए ।

सन् २०१३ मा आईकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सुचीमा राखेको थियो । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको कालो सूचीबाट अब नेपालमुक्त भएको छ ।

आईकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलब ०८ प्रतिशत पुगेको छ । सुरक्षा मापदण्ड पुरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डन आईकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

उनले युरोपियन युनियनको सूचीबाट पनि ३ महिना भित्र नेपाल हट्ने आश्वासन दिए ।

युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बर देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोकावट गरेको थियो ।

त्यसैगरी नेपालले भारतबाट नया हवाई रुट प्राप्त गरेको पनि मन्त्री अधिकारीले जानकारी दिए । नेपालको अन्तराष्टिय उडानका लागि महेन्द्रनगरबाट कम उचाईमा १८ हजार दखि २४ हजार फिट सम्मको उडान तत्काल प्रवेशमार्ग दिन भारतले सहमति जनाएको छ ।

त्यसैगरी पूर्वमा विराटनगर र जनकपुरको थप प्रवेश विन्दु दिन पनि भारत सहमत भएको छ । त्यस्तै भारतीय पक्षले महेन्द्रनगर र  नेपालगञ्जबाट  बढी उचाईमा ३० हजार फिट भन्दा माथि हुने उडान प्रवेशमार्गका सम्बन्धमा भने २०१८ को सेप्टेम्बर सम्म विस्तृत सुरक्षा हवाई विश्लेषण गरिसक्ने जनाएको मन्त्री अधिकारीले सदनलाई जानकारी गराए ।

नेपाल भारतबीच २०७२ सालको पुषमा भएको हवाई सेवा वार्तामा नेपाललाई थप हवाई उडान रुट उपलब्ध गराउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमान प्राधिकरणबीच प्राविधिक तहमा छलफल हुनुपर्ने सहमति भएको थियो ।

नागरिक उड्डयन प्राधिकरण र भारतीय विमान प्राधिकरणबीच २०७५ जेठ ३१ देखि असार २ सम्म काठमाण्डौमा भएको वार्तामा थप उडान दिने बारे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

नेपालले धेरै लामो समय देखि हवाई रुट मागे पनि पाउन सकेको थिएन ।  वर्तमान अवस्थामा नेपालमा वायुयान प्रवेशका लागि जम्मा तिन स्थान थिए ।

चिनबाट आउनेमा नुनिम,  भुटानी वायुयानका लागि मात्रै प्रयोग हुने गरि पुर्वमा मेची र दक्षिणमा सिमराको रुट कायम थियो । सिमराको बाटोबाट ९० प्रतिशत भन्दा बढी वायुयान आउने गरेका थिए ।  नेपालबाट जाने वायुयानका लागि चीनमा नुनिम, भुटानी वायुयानका लागि मात्रै प्रयोग हुने गरि पुर्वमा मेची, दक्षिणमा विराटनगर , जनकपुर सिमरा, भैरहवा र महेन्द्रनगर थिए ।

त्यसैगरी नेपाल जापानबीचको हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । २५ बर्ष पछि यो सम्झौता पुनरावलोकन भएको हो । यो संगै अब नेपाली वायु सेवा कम्पनीहरुले जापानको हानेरा विमानस्थल बाहेक सबै विमानस्थलमा हप्तामा १४ उडान गर्न सक्ने अधिकार प्राप्त भएको छ । यसैगरी जापान भएर संयुक्त राज्य अमेरिका बाहेक विश्वका कुनै पनि देश जान पाउने गरि हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ ।

मन्त्री अधिकारीले संघिय संसदको सुन्य समय र विशेष समयमा सांसदहरुले उठेका जिज्ञासाको पनि शुक्रबार जवाफ दिए । दुर्गम क्षेत्रमा लामो समय देखि हवाईभाडा पुनरावलोकन नभएका कारण वायु सेवा संञ्चालकहरुले नियमित उडान नगरि चार्टर गर्ने त्यसको मारमा त्यहाका सर्वसाधरण पर्ने गरेकाले हवाई भाडा बढाईएको स्पष्ट पारे ।

भाडावृद्धि संगै चार्टर उडान गर्नेहरुको सिण्डिकेट तोडिएको र नियमित उडान भएकाले सर्वसाधरणलाई राहत मिलेको दाबी गरे । उनले  पोखरा विमानस्थलको काम भईरहेको र १२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थलमा १ सय ८० सिट सम्मका जहाज चल्ने विमानस्थल भएको र त्यो सन् २०२१ सम्ममा निर्माण सम्पन्न भएर संञ्चालनमा आउने दाबी पनि गर्दै मन्त्री अधिकारीले गौतम वृद्ध अन्तराष्ट्रिय विमानस्थल १ बर्ष भित्र संञ्चालनमा ल्याउने रनिजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मुल्यांकन स्वीकृत भईसकेकाले निर्माण कार्य तिब्र गतिमा अघि बढेको स्पष्ट पारे ।

सांसद रंगमति शाहीले दुर्गम जिल्लाका लागि नियमित र सहुलियत उडान कटाईएको तथा उडान भाडा वृद्धि गरिएको भन्दै त्यसबारे पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् ।

सांसद खगराज अधिकारीले पोखरा विमानस्थल अध्ययनका सम्बन्धमा विशेषज्ञले गतल रिपोट दिएको भन्दै ती विज्ञलाई कारवाही हुन्छ कि हुदैन ? भनी प्रश्न गरे । शुक्रबार सभामुखले प्रतिनिधिसभा सञ्चालन नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम मन्त्रीको बक्तव्यमा थप स्पष्ट हुन चाहने सांसदलाई प्रश्न गर्ने व्यवस्था गर्दे एक मिनेटको समय दिएपछि सांसदहरुले प्रश्न राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्