३३ किलो सुन तस्करी प्रकरण : लबिम मलस्थित ‘लेभल थ्री’ रेष्टुरेण्टका सञ्चालक अकबर शाह पक्राउ



हाम्रो इकोनोमि

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।

सञ्चार उद्यमी जमिम शाहका नाता पर्ने शाहलाई काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ ।

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ ।

छिरिङसँगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छानविन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।

न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् ।

अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघि छिरीङसँग मिलेर अबैध सुनको कारोबार भने गरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...