भक्तपुरको सानोठिमीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपर चालक प्रहरी खोरमा



हाम्रो इकोनोमि

भक्तपुरको सानोठिमीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बा २ क ३९३४ नम्बरको टिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा सानोठिमी बस्ने ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको स्कुटलाई टिपरले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक थापाको स्थायी घर सिन्धुपाल्चोक सेलाङ ६ रहेको प्रहरीले बताएको छ ।

पछिल्लो एक महिनामा कोटेश्वर सुर्यविनायक सडकखण्डमा टिपरले ५ जनाको ज्यान लिएको छ ।

जेठ ३० गते कोटेश्वर जडिबुटीको आकाशेपुलमुनि टिपरको ठक्करबाट स्कुटीको पछाडि बसेकी अस्मिता भण्डारीको मृत्यु भएका थियो । रौतहट घर भएकी तर हाल काभ्रे बस्दै आएकी २४ वर्षीया भण्डारी टिपरको ठक्करले गम्भीर घाइते भएलगत्तै मृत्यु भयो।

जेठ ९ गते नलिञ्चोकमा टिपरकै ठक्करले तीन जनाको ज्यान गयो ।

टिपरले ठक्कर दिँदा दोलखा घर भई लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, ४० वर्षीय सविता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द्र घिमिरेको मृत्यु भएको थियो ।

टिपर र ट्रकहरूले सडक लेन मिचेर जथाभावी रूपमा चलाउने गरेकै कारण दुर्घटना बढेको विभिन्न अध्ययनहरुले देखाएका छन् । तर, ट्राफिक प्रहरी र सम्बन्धित निकायले कडा कारबाही गरेको पाइदैन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...