प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि क कस्को गयो जागीर, पद खोसिएपछि गुठीका सदस्यहरूको रुवाबासी



गुठी संस्थानका सदस्यहरू ओमप्रसाद आजाद, केदार कोइराला र शक्तिप्रसाद सापकोटाको पदबारे अन्योल छाएको छ । तीनै जना सदस्यले राजीनामा नदिई २०७४ मंसिर १० र २१ मा भएको प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएकाले पदबाट बर्खास्त गर्न माग गर्दै गैरकानूनीरुपमा सुविधा लिएको बेनामी उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।

अख्तियारले उनीहरूले राजीनामा नदिई उम्मेदवारी दिएकोबारेमा संस्थानलाई सोधेको थियो । संस्थानका बोर्ड सदस्यहरू ओमप्रसाद आजाद बाँकेबाट प्रदेशसभामा राप्रपाबाट प्रत्यक्षतर्फ उम्मेदवार थिए भने सापकोटा र कोइराला राप्रपाका तर्फबाट प्रतिनिधिसभाको समानुपातिकको बन्दसूचीमा थिए ।

आजादले बाँके निर्वाचन कार्यालयमा गुठी संस्थानको सदस्य भएकाले निर्वाचनमा उम्मेदवारी दिनका लागि उम्मेदवारी दिनु पर्ने वा नपर्ने भनेर सोधेका थिए ।

बाँके निर्वाचन कार्यालयले संस्थानको सदस्य पारिश्रमिक पाउने पद नभएकाले राजीनामा दिनुपर्ने वा नपर्ने निर्वाचन आयोगलाई नै सोध्नुपर्ने बताएपछि आयोगमा समेत आजादले सोधेका थिए । आयोगले पनि बोर्ड बैठक बसेको बेला भत्ता लिने भएकाले राजीनामा दिनु नपर्ने भनेपछि आफू उम्मेदवार भएको जिकिर गर्दैआएका छन् ।

समानुपातिक उम्मेदवार कोइराला र सापकोटाले पनि यही तर्क राख्ने गरेका छन् । तर अख्तियारले राजीनामा नदिई उम्मेदवारी दिएका तीनै जना सदस्यलाई पद गइसकेको र उम्मेदवारी दर्ता भएका मितिदेखिको बोर्ड बैठकको भत्ता लिनु समेत कानूनसम्म नभएको निर्णय गरेको थियो । त्यो निर्णयपछि संस्थानका तीनै सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अख्तियारको निर्देशन अनुसार तीनै सदस्य पदच्यूत भएका छन् । संस्थानका प्रशासक नारायण चौधरीसंग अख्तियारले हटाउन आदेश दिएका सदस्यलाई किन भत्ता दिइयो भन्ने प्रश्नमा उनले भने–‘अख्तियारले नदिनू भनेपछि दिएको छैन ।’

तीनै सदस्य निर्वाचनमा उम्मेदवार भएको ३–४ महिनापछि उपप्रशासक दीपकबहादुर पाण्डेले अख्तियारमा उजुरी हालेका थिए । तीनै जना सदस्यसंग पाण्डेले आफूलाई सहप्रशासकमा बढुवा गर्नका लागि अनुरोध गरे । सदस्यहरूले बढुवा गर्ने उनको दबाब नमानेपछि उनले अख्तियारमा बेनामी उजुरी हाली उनीहरूको सदस्य पद नै चेट पार्नेतिर लागेको आरोप छ ।

उपप्रशासक पाण्डेको काम नै आफ्नो स्वार्थ अनुसार कुनै काम गर्न नमानेपछि अख्तियारमा बेनामी उजुरी हाल्ने र दुःख दिने हुँदैआएको आरोप छ । जागिरको आखिरी बर्षमा पुगेका पाण्डेले उनको इशारामा नचल्ने संस्थानका अध्यक्षदेखि पदाधिकारीलाई जहिले पनि अख्तियारमा बेनामी उजुरी हाल्दै दुःख दिने क्रम जारी राखेको आरोप लगाइने गरिएको छ ।

यसअघिका संस्थान अध्यक्ष लक्ष्मण ज्ञवाली, पूर्व प्रशासक नवराज सिंखडा, पंचलाल महर्जन लगायतकाविरुद्ध पनि उनले अख्तियारमा बेनामी उजुरी हालेर दुःख दिने काम गरेको आरोप पनि खेप्दै आएका थिए । गुठी संस्थानका एक कर्मचारी भन्छन्, दीपक पाण्डे कार्यालयबाट घर गएर उजुरी टाइप गर्ने र भोलिपल्ट संस्थानमा आउँदा त्यो उजुरी टंगालमा दर्ता गरेर आउने गर्दछन् ।

उनको ३० बर्ष सेवा यसैगरी बित्यो । अब ७ महिना बाँकी होला । भूपतिबज्र लामा जस्ता नागरिकता सच्याउने र कानून विपरीत रातो पासपोर्ट बनाउनेलाई बौद्ध घ्याङगुठीको चिनियाँ लामा बनाउने क्रममा पाँच करोड रुपैयाँ कारोबारमा चाँजोपाँजो पाण्डेले मिलाएको आरोप छ ।

भूपतिबज्र चिनियाँ लामा हुनासाथ पुरस्कार स्वरुप दीपक पाण्डे, नारायण चौधरी, संस्थानका तत्कालीन अध्यक्ष लक्ष्मण ज्ञवाली, सदस्यहरू कोइराला, आजाद र सापकोटाको जम्बो टोली चीन घुम्न गएको बताइन्छ । जसको सम्पूर्ण खर्च भूपतिबज्रले नै ब्यहोरेका थिए । भूपतिबज्रलाई चिनियाँ लामा बनाउने क्रममा भएको घुसको लेनदेनबारे मिडियामा पनि सार्वजनिक भएको थियो ।

दीपक पाण्डेले सहप्रशासक बढुवाको लागि प्रशासक नारायण चौधरीको चाकडी गर्दा पनि असफल भए । चिनियाँ लामा नियुक्तिमा भूपतिबज्रबाट लिएको ५ करोड घुस नारायण चौधरीहरूले बाँडचुड गरेर लिए । चौधरीले सदस्यहरूलाई मनाए आफू तयार भएको बताएपछि पाण्डेले तीनै जना सदस्यलाई सहप्रशासक बनाउन हारगुहार गरे । तर सदस्यहरूले पाण्डेको आग्रहमा सहमति जनाएनन् । सहमति नजनाएपछि पाण्डेले अख्तियारमा बेनामी उजुरी हालेर उनीहरूको सदस्य पद नै खाइदिएको आरोप लागेको छ । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्