खुकुरी प्रहार गरी दाइले गरे भाइको हत्या, यसरी जाकिए प्रहरीको खोरमा



रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदैछ ।

यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो ।

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा