छोरालाई राजा बनाउन पूर्वयुवराज पारसको मन्दिरमा दौडधुप हुन्छन् त यिनी राजा



अचेल पूर्वयुवराज पारसको दिनचर्या फेरिएको छ। कुनै बेला डिस्को र होटेलमा भेटिने उनी हिजोआज मठमन्दिरतिर भेटिने गरेका छन्।

स्रोतका अनुसार उनको खानपान र जीवनशैली पनि फेरिएको छ। १८–२४ जेठमा उनी लगातार एक सातासम्म पशुपतिनाथस्थित गुरु गोरखनाथको मन्दिरमा धाए। उनको लवाइ–खुवाइ हेर्दा लाग्छ, उनी कुनै सन्त गुरु–महाराज हुन्।

स्रोतका अनुसार शाह गुरु गोरखनाथको अनुयायी बन्दै जोगी बन्दैछन्। त्यसका लागि पूर्वराजपरिवार अहिले देश–विदेशमा रहेका गोरखनाथका मठमन्दिरमा ‘क्षमापूजा’ गरिरहेको छ।

सोही क्रममा पूर्वयुवराज शाहले ६ असारमा गोरखा दरबार पुगेर पनि गुरु गोरखनाथको मन्दिरमा ‘पूजा अर्चना’ गरेका छन्। सोही मन्दिरमा योगी नरहरिनाथ बस्थे।

पूर्वराजपरिवार सम्बद्ध स्रोतका अनुसार गोरखनाथको आशिर्वाद पाउन सके राजसंस्था पुनर्जीवित हुने र पारस पुत्र हृदयेन्द्र राजा हुने विश्वास उनीहरूको छ। हृदयेन्द्र राजा भए १८ पुस्तासम्म टिक्ने भविष्यवाणी केही ज्योतिषहरूले गरेका छन्।

सोही कारण पूर्वयुवराज धर्मकर्मतिर तल्लीन भएका हुन्। भविष्यवाणीलाई सत्य सावित गराउन उनी राम शाह र पृथ्वीनारायण शाहजस्तै गोरखनाथको कनफट्टा अनुयायी बन्ने प्रक्रियामा रहेको स्रोतको दाबी छ।

आफ्नो छोरो राजा हुने र राजसंस्था नै फर्किने विश्वासमा पारस पनि गोरखनाथको अनुयायी बन्दै कानमा कुण्डलसमेत धारण गरी कनफट्टा योगी बन्न तयार भएको स्रोतको भनाइ छ।

पारस विभिन्न ठाउँमा गुरुदीक्षाका लागि समेत खोजीमा हिँडेको परिवार स्रोतको भनाइ छ। गुरुदीक्षाका लागि गोरखपुरस्थित गोरखनाथपीठका पीठाधीश योगी आदित्यनाथसँग समेत संवाद भएको स्रोत बताउँछ।

भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्रीसमेत रहेका योगी आदित्यनाथले केही समयअघि नेपाल आएर दाङमा यससम्बन्धी पूजाआजा गराएका थिए। पूर्वराजा ज्ञानेन्द्र पनि २५ पुस ०७४ मा आदित्यनाथलाई भेट्न लखनऊ र गोरखपुरस्थित गोरखनाथ मन्दिर पुगेका थिए।

तर, विदेशी मुलुकका मुख्यमन्त्रीसँग दीक्षा लिँदा विवादमा परिने भएकाले कुनै स्वदेशी योगीसँग दीक्षा लिने चाहना पूर्वयुवराजको छ। त्यसका लागि उनले केही समययता मदिरा, चुरोटलगायत अम्मल त्यागेर पूजापाठमा लीन हुने गरेका छन्।

पशुपतिनाथस्थित योगी नरहरिनाथ आश्रममा छोरा हृदयेन्द्रसहित हजुरबुवा राजा महेन्द्र र योगी नरहरिनाथका बारेमा अध्ययन र प्रवचन पनि सुनेका थिए, उनले।

पूर्वराजपरिवारले योगी नरहरिनाथलाई धेरै पटक अपमान गरेको विश्वास गर्ने गरिन्छ। तत्कालीन रानी ऐश्वर्य पशुपतिनाथ विकास कोषको संरक्षक हुँदा नरहरिनाथमाथि अपमान भएको र सोही कारण वंशनाश नै हुने गरी दरबार हत्याकाण्ड भएको विश्वास पनि केहीमा पाइन्छ।

अहिले पूर्वयुवराज पारस योगी नरहरिनाथको आश्रम तथा बहुमूल्य पुस्तकहरूको संरक्षणमा लागेका छन्। पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच धारण गर्दा योगीबाट नगरी पुरोहितबाट गराएको र श्रीपेच धारणा गर्दा खुट्टा लुलो बनाएको बताउँदै राजसंस्थालाई थप विपत्ति आउने भविष्यवाणी त्यतिबेला जीवित रहेका योगी नरहरिनाथले गरेका थिए।    नेपाल समयबाट

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा