३३ किलो सुन तस्करीको अर्का नाईके दीपक मल्होत्रा र गोविन्द सरियाको खोजी, बिमल पोद्दार पक्राउ



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करीको छानबिन गर्न गठित गृहमन्त्रालयको छानबिन समितिले मंगलबार राति विमल पोद्दारलाई पक्राउ गरेको छ ।

सामसुङ मोवाइल कम्पनी तथा इबिसु ज्वेलर्सका संचालक दीपक मल्होत्राका ब्यापारिक साझेदार पोद्दार सुन तस्करी र हुन्डी कारोबारमा संलग्न रहँदैआएको भनी बारम्बार विवादमा आएका हुन् ।

मल्होत्रा र पोद्दारको सामसुङ मोवाइल बिक्री गर्ने कम्पनी आइएमएसमा पनि साझेदारी रहेको छ । आइएमएसमा पनि पोद्दारको डाइरेक्टरको बोर्ड टाँसिएको छ ।

इबिसु ज्वेलर्समा पनि मल्होत्रा र पोद्दार पार्टनर हुन् । इबिसु ज्वेलर्स केही समयअघि २२ करोडमा बिक्री गरेका हुन् । त्यसका अलावा कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टमा पनि मल्होत्रा र पोद्दार साझेदार हुन् ।

मल्होत्रा र पोद्दार पछिल्लो समयमा सोही अपार्टमेन्टमा बस्दैआएका थिए । मल्होत्रा, पोद्दार, गोविन्द सरिया, ताहिर साह र छवि भूसाल स्व. खुमबहादुर खड्का गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ गरी पार्टनरसीपमा नेपालबाट भारतीय रुपैयाँ र अमेरिकी डलर हङकङ पठाउने र उताबाट सुनचाँदी भित्र्याउने गरेको स्रोत बताउँछ । सरियाको झापामा देखावटी रुपमा चियाबगान छ ।तर उनको भित्री धन्दा हुन्डी र डलर नै हो भन्छन् उनलाई चिन्नेहरु ।

३३ किलो सुन प्रकरणमा पोद्दार पक्राउ परिसकेका छन् भने दीपक मल्होत्रा अहिले काठमाडौमा छैनन् । मल्होत्राको नाम प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणदलमा छ ।

यद्यपि उनी ३३ किलो सुन प्रकरणका मुख्यदोषी मोहन अग्रवाल पक्राउ लगत्तै काठमाडौंबाट गायब भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीको भ्रमणदलमा उनको नाम भए पनि उनी टोलीमा सँगै चीन नगएको स्रोतको दाबी छ । स्रोतका अनुसार मल्होत्रा चीनमै हुनसक्ने र उतैबाट भ्रमण टोलीमा थपिने होलान् । तर नेपालमा भने उनी केही दिनअघिदेखि नै सार्वजनिक रुपमा देखापरेका छैनन् ।

पोद्दार सुनचाँदी र हुन्डीको कारोबार गर्नेमा अग्रपंक्तिमा पर्दछन् । प्रहरीका पूर्व र बहालवाला उच्चतहका हाकिमहरुसँग उनको कनेक्सन रहेको छ । पूर्व एआइजी हेमन्त पाल, संघीय प्रहरी कार्यालय कोशीका प्रमुख एसएसपी हरि पाल, पूर्व डीएसपी सुरेन्द्रबहादुर सिंहहरुसँग कनेक्सन छ ।

प्रहरीका उच्च तहका हाकिमहरुको भ्रष्टाचारको रकम समेत चलाउने गरेको पोद्दारले लगानी गरेको स्रोतले बताएको छ । उनको खिचापोखरीको पिपुल्स प्लाजासँगै हुन्डीको कारोबार गर्ने अखाडा थियो । पछिल्लो समयमा उनले सिल्भर सिटी अपार्टमेन्टबाटै हुन्डीको कारोबार गर्दैआएका थिए ।

पछि उनले चीनको ग्वाङझाउमा पनि अफिस खोलेका थिए । जहाँ उनले आफ्ना बाबुलाई राखेका थिए । बाबुको गतबर्ष निधन भइसकेको छ । नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...