डा उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन, किन गरीयो यस्तो छ कारण



हाम्रो इकोनोमि

सञ्‍चालक डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल (नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स) को नाम उनको नाम थपरे परिवर्तन गरिएको छ।

सोमबार निधन भएका डा.उपेन्द्रको नाम अस्पतालको नाम अघि थपिएको हो। बुधबार कम्पनी रजिस्टारको कार्यालयमा उक्त अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्सको नाममा दर्ता भएको छ।

उक्त नाम दर्ता भएपछि कार्यालयले अस्पताललाई प्रमाणपत्र समेत उपलब्ध समेत गराएको छ।

वीर अस्पतालको न्यीरोलोजिकल ट्रमा युनिटका संस्थापक डा. देवकोटाले अथाह संघर्षपछि बाँसबारीस्थित न्यूरो अस्पताल सञ्‍चालनमा ल्याएका थिए।

डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा उक्त अस्पताल सञ्‍चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...