तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरू मैले कसरी बिर्सनु भन्दै बाबुरामले स्कुलको फोटोसहित यस्तो लेखे



हाम्रो इकोनोमि

प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधनले शोकाकुल पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा डा. देवकोटालाई श्रद्धाञ्जलि दिएका छन्।

देवकोटाका स्कुले जीवनमा सहपाठी बाबुरामले स्कुल पढ्दाको फोटो पोस्ट गर्दै ‘नेपाल आमाका सुयोग्य सपूतको सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहने’ लेखेका छन्।

बाबुराम र उपेन्द्र गोरखाको अमरज्योति हाइस्कुल र काठमाडौंमा अमृत साइन्स क्याम्पसमा सँगै पढेका हुन्।

‘भौतिक रूपमा अब तिमीसँग कहिल्यै भेट नभए पनि तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन्’, बाबुरामले लेखेका छन्, ‘तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!’

तिमी आफै एक वेजोड चिकित्सक थियौ; त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत: तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र!

भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!

नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...