सशस्त्र प्रहरीको सरुवामा आइजीपीले गरे काखा र पाखा, कनिष्टलाई आकर्षक र कमाउ कार्यालयमा



सशस्त्र प्रहरी बलले २०७५ असार १ गते निकालेको २४ एसएसपीको सरुवामा कनिष्टलाई आकर्षक र कमाउ कार्यालयमा सरुवा गरिएको छ भने क्षमतावान र बरिष्ठलाई पाखा लगाइएको छ ।

सशस्त्रका आइजीपी शैलेन्द्र   खनालले सशस्त्रको मालदार मानिने र काठमाडौंमा इन्चार्ज भएर बस्न पाउने युएन तालिम केन्द्र ककनीमा उनका निकट गणेशबहादुर ठाडामगरलाई सरुवा गरेका छन् ।

 

एसपी हुँदा सीमा सुरक्षा कार्यालयमा ब्रम्हलुट गरी आइजीपी खनाललाई खुसी बनाएबापत शम्भु सुवेदीलाई बर्दघाट तालिम केन्द्रमा  सरुवा गरिएको छ । किशोर प्रधानलाई प्रशिक्षण प्रतिष्ठान र प्रजाभक्त श्रेष्ठलाई विपत ब्यवस्थापन तालिम केन्द्र कुरिनटारमा लगेका छन् । एसएसपीका लागि सशस्त्रका तालिम केन्द्र आकर्षक मानिन्छन् ।

 

भावी आइजीपीका दाबेदार मानिएका बरिष्ठ एसएसपीत्रय राजु अर्याल, चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेलमध्ये अर्याल र गौतमलाई बाहिनी र राष्ट्रिय सुरक्षा परिषदमा  खटाइएको छ । आइजीपी शैलेन्द्र खनालका अति निकट एसएसपी नारायणदत्त पौडेललाई काठमाडौं उपत्यका सुरक्षा कार्यालय (इन्ट)मा खटाइएको छ । अर्याल, गौतम र पौडेल डीआइजीका प्रतिस्पर्धी हुन् ।

अर्याल र गौतमलाई डीआइजी बढुवाबाट पछि पार्न र आफ्ना विश्वासपात्र पौडेललाई नेताहरुसंग लबिईङ गर्न सहज बनाउनका लागि उनलाई उपत्यका सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । जहाँ  कुनै काम हुँदैन, युनिफर्म समेत लगाउनुपर्दैन ।

सशस्त्रको गुप्तचरी गर्ने उपत्यका सुरक्षा कार्यालय इन्टमा आइजीपी खनालले एसएसपी पौडेललाई लानुको कारण दुईवटा रहेको स्रोत बताउ“छ ।

प्रथमतः डीआइजी प्रतिस्पर्धाका लागि सजिलो पार्नका लागि शक्तिकेन्द्र धाउन सहज बनाउन । अर्को आफ्ना विरोधीहरु को को कहा“ जान्छन्, कस कसलाई भेट्छन् त्यसको सूचना संकलनका लागि पनि हो ।

ब्यवसायिक हिसाबले अब्बल एसएसपी अर्याल र गौतमलाई एकजनालाई १० देखि ५ बजेसम्म निस्कन समेत नमिल्ने राष्ट्रिय सुरक्षा परिषद् र पोखरा बाहिनीमा थान्को लगाएर डीआइजी बढुवाका लागि हलचल गर्न नदिनेगरी योजनाबद्ध रुपमा पौडेललाई मात्र फुक्काफाल शक्तिकेन्द्र रिझाउन सहज पारिदिएका छन् ।

 

एसएसपी पौडेल पटक पटक विवादमा परेका र भ्रष्टाचारको आरोपमा छानबिनमा परेका हुन् । पौडेल निलबाराही गणको गणपति हुँदा सरकारले खाना पकाउन इन्धनको ब्यवस्था गरे पनि धादिङको जंगलमा दाउरा काट्न पठाउँदा सिपाहीको मृत्यु भएको थियो ।

पौडेलले नै इन्धनको बजेट भ्रष्टाचार गर्ने र खाना पकाउनका लागि सिपाहीलाई दाउरा काट्न जंगल पठाएका थिए । आइजीपी खनालले नै त्यतिबेला सिपाहीको मृत्युका कारक पौडेललाई जोगाएका थिए । ककनी तालिम केन्द्रको प्रमुख हुँदा रासन घोटाला गरेपछि आन्तरिक छानबिन समिति नै बनेको थियो ।

 

छानबिन समितिले पौडेललाई दोषी ठहर गरे पनि त्यो रिपोर्ट नै खनालले गायब पारी कारबाहीबाट बचाएका थिए । पकली गणमा हुँदा चेन अफ कमाण्ड नमानेको आरोपमा कारबाहीमा परेका पौडेल मौसम अनुसार रङ फेर्न माहिर मानिन्छन् । आइजीपी खनाल जति चटके हुन्, त्यस्तै चटके मानिन्छन् पौडेल ।

हिजो कांग्रेसका नेता पूर्णबहादुर खड्काका निकटस्थ भनेर चिनाउने उनी अहिले नेकपाका नेता शक्तिबहादुर बस्नेतको नाम बदनाम गर्दै हिंडेका छन् ।

 

एसएसपी सरुवामा  गोपाल मिश्र बैद्यनाथ बाहिनी, भरतकुमार श्रेष्ठ बराह बाहिनी, रामप्रकाश श्रेष्ठ राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, गोविन्द क्षेत्री कार्यविभाग, हरिशंकर बुढाथोकी महेश्वर बाहिनी, कृष्णभक्त ब्रम्हचर्य सुरक्षा महाशाखा, राजेन्द्र बस्नेत तालिम महाविद्यालय, हरिश्चन्द्र अधिकारी मानवस्रोत विकास विभाग छन् ।

त्यसैगरी बेचन यादव राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, बंशीराज दाहाल ब्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय, अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय, दुर्गाप्रसाद भट्टराई मानवस्रोत विकास विभाग, कमल गिरी नौबस्ता तालिम केन्द्र, राजेन्द्र शाक्य रुद्र बाहिनी, कुलबहादुर नेम्वाङ प्रशासन विभाग, महेशकुमार श्रेष्ठ सुरक्षा परिषदको सचिवालय र विजयकुमार पण्डित आइजीपीको सचिवालयमा सरुवा भएका छन् ।साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्