अपहरण, अवैध जुवा, डनगिरी चलाँउदै आएका अशोक लामा पक्रिएपछि चितुवाहरु दुला पसे



काठमाडौं । राजधानीको युएनपार्कमा गोली चल्नुका साथै गुण्डा नाइके विष्णु लामा घाइते भएपछि ललितपुरक्षेत्रमा डनगिरी मच्चाउँदै आएका उनका साथीहरु दुला पसेका छन् । केही दिन अघि गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको थियो ।

महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको प्रहरीको भनाई छ । अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले यो पक्राउपछि अनय गुण्डाहरुको नेक्सस पत्ता लागाउन आफुहरुलाई सहयोग पुगिरहेको बताएका छन् ।

सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको थियो । उनलाई प्रहरीले उपचार समेत गर्दै कानुनी कारवाही अघि बढाएको बताइएको छ ।

को हुन अशोक लामा

लामो समयदेखि ललितपुर सातदोबाटो क्षेत्रलाई आधार मानेर डनगिरी चलाँउदै आएका विष्णु लामा पहिले काभ्रेली डन गणेश लामाकौ समुहमा थिए । पछि त्यहाँबाट फुटेर अलग्गै ग्या जम्मा गरेर अघि बढेका उनी पछिल्लो समय प्रहरीको खोजी सुचीमा थिए ।

डन दावा लामाको खास सहयोगीको भुमिकामा रहँदै आएका अशोक सुरुमा गणेश लामाका फाइटरका रुपमा डनगिरी क्षेत्रमा प्रवेश गरेको बताइन्छ । विष्णु लामा, तिर्थ लामा, पञ्चे लामा, वुद्धि लामा जस्तै उनले पनि अलग्गै डनगिरी गर्दै आएका छन् ।

पछिल्लो समय मकवानपुर सिस्नेरी स्थायी ठेगाना भएका बुद्धि लामा भनेर चिनीने बुद्धिराम डिम्डङु र अशोकको हिमचिम व्यापक थियो । आफुलाई चितुवा भनेर समेत चिनाउँदै आएका बुद्धि लामासंग धेरै लामो समयदेखि अशोकको व्यापारिक साझेदारी रहँदै आएको खुलेको छ ।

बुद्धि र अशोक दुबै मिटरव्याजी भएको बताइन्छ । उनीहरुले श्रृृण प्रवाह गर्दा गाडी तथा घर जग्गा धितो राख्ने र व्याज बढाँउदै लगेर सम्पती नै हडप्ने काम गर्दै आएका पिडितहरु बताउँछन् ।
लामो समयदेखि गुण्डागर्दीमा संलग्न अशोक विभिन्न व्यक्तिको हत्या प्रयासको अभियोगमा खोजीको सुचिमा रहेका थिए ।

अशोक पक्रिनासाथ चितुवा भुमिगत

अशोक लामा प्रहरीको नियन्त्रणमा आउनासाथ उनका साझेदार मकवानपुर सिस्नेरीका चितुवा भुमिगत भएका छन् । प्रहरीले अध्ययन अनुसन्धानका क्रममा साझेदारी व्यवसाय खुल्ने र आफु पनि परिने डरले उनी भुमिगत भएको बताइएको छ । बुद्धि अर्थात चितुवाको अशोक भन्दा पहिले चाँही विष्णु लामासंग साझेदारी थियो । पछिल्लो समय चितुवाले अशोक लामासंग साझेदारी गर्दै आएका थिए ।

चितुवा आफु धेरै ठाँउमा नहिँड्ने र फिरौती संकलनका लागि भाई जयरामलाई अघि सार्ने गरेको खुलेको छ । ललितपुर क्षेत्रमै ३ वटा घर भएपनि चितुवा अहिले नखिपोट क्षेत्रमा भाडामा बस्दै आएका थिए । तर अशोक लामालाई पक्रिएपछि कोठामा पनि नबस्ने र आफ्नो सुचना पनि कसैलाई नदिने गर्न थालेको बताइन्छ । उनी यता बलि बढी नै प्रहरीले खोज्न थालेपछि दुबइ, थाइल्याण्ड लगायतका देशमा जाने गरेका छन् ।

अपहरण गरेर कवाडी व्यवसायीसंग ३५ लाख

चितुवाको ग्याङले केही वर्ष अगाडि महालक्ष्मीस्थानका मिश्र थरका कवाडी व्यवसायीसंग ३५ लाख रुपैंया बुझेको पत्ता लागेको छ ।
मिश्र थरका ति व्यवसायीलाई विभिन्न स्थानमा लगेर अपहरण गरेर ३५ लाख रुपैंया पाएपछि मात्र अपहरणमुक्त गरेका थिए । तर प्रहरीमा उजुरी गरे नेपाल बस्न नदिने धम्की दिएका कारण उनले कहिँ कतै उजुरी गरेनन् ।

सिस्नेरीको क्रसरबाट १० प्रतिशत

इन्द्रशरोवर गाँउपालिकामा पर्ने मच्छेनारायण रोडा ढुङ्गा उद्योग अहिले सिस्नेरीमा निर्वाध ढंगले चलिरहेको छ । सो कारण त्यस क्षेत्रमा वातावरण विनास भइरहेको बताइन्छ ।तर कसैले अवरोध र विरोध गर्न सकेका छैनन् । राजनीतिक तहका नेतृत्वले २५ प्रतिशत र डनहरुले १० प्रतिशत शेयर लिएकाले अहिले सबैको सहमतिमा सिस्नेरीमा निर्वाध रुपमा ढुङ्गाखानी चलाइरहेको बताइन्छ । त्यसको सञ्चालक काठमाडौं हाँडीगाँउका वीरध्वज थापा हुन् । उनलाई तत्कालिन गाविस अध्यक्ष सुभाष ठकुरीले सिस्नेरी भित्र्याएका थिए ।

बालकुमारीको जग्गा साझेदारीमा हडपियो

अशोक लामा र बुद्ध लामाले ललितपुरको वालकुमारीमा रहेको ४ रोपनी जग्गा हडपेका छन् । सो जग्गा उनीहरु दुबैजनाको संयुक्त नाममा पास गरिएको थियो । त्यो बेला थर्काएर आनाको २ लाख रुपैंयामा खरीद गरिएको सो जग्गा अहिले आनाको ४० लाख मुल्य पर्ने भएको छ । पछिल्लो पटक अशोक पक्राउ परेपछि लगनखेलतिरको ग्याङ नै सक्रिय हुन नसकेको थाहा भएको छ ।

देखावटी व्यावसाय निर्माण कम्पनी

काम डनगिरी भएपनि अहिले बुद्धको समुुहले आफुलाई ठेकेदा भनेर प्रस्तुत गर्ने गरेका छन् । एउटा साधारण कन्ट्रक्सन कम्पनी दर्ता गरिएको छ । हरेक स्थानमा ठेक्का हाल्न पुगेपनि अधिकांश स्थानमा काम गर्ने उद्देश्यले नभइ प्रतिशत रकमका लागि टेन्डर हाल्ने गरिएको बताइन्छ । ठेक्का परि हालेपनि सो कम्पनीले अहिलेसम्म आफैंले कुनै एउटा काम गरेको छैन । पेटीमा अरुलाई दिने गरेको बताइन्छ ।

खोजीको सुचिमा अन्य पनि

यही ग्याङ मातहत अन्य थुप्रै केटाहरु पनि जर्वजस्ती असुली, चन्दा आतंक तथा फिरौतीमा संलग्न भएको थाहा भएको छ । लगनखेल एरीयालाई मुख्य टार्गेट गरेर अघि बढेको सो ग्याङमा माइला लामा, साइला लामा, गोपाल लामा, शरण लामा लगायत छन् । यसलाई लामाज् ग्याङ समेत भन्ने गरिएको छ । माइला र साइलाले केही वर्ष अघि एक मेनपावर सञ्चालकलाई अपहरण गरी कुसुन्तीको युनीभर्षल क्याफेमा राखेर पाँच लाख रकम लिएको बताइन्छ ।

चितुवाको हुलिया परिवर्तन

पहिले पाँच रुपैंया चुरोट खान पनि पैसा नभएर माग्दै हिड्ने चितुवा अहिले खतराको कार चढ्ने गर्छन् । सुरुमा जोगीले जस्तो लामो लट्टा पालेका उनले केही वर्ष यता कपाल काटेका छन् । बेला बेला हुलीया परिवर्तन गरेर हिँड्दा उनीहरुलाई प्रहरीको आखा छल्न सजिलो हुने गरेको प्रहरी स्रोत बताउँछ ।

३ स्थानमा अवैध जुवा

सो ग्याङले सिङ्गो घर नै भाडामा लिएर विभिन्न ठाँउमा अवैध जुवा खेलाउने गरेको छ । ठुलो रकमको म्यारीज र कौडा समेत दिनहुँ लाखौंको कारोवार हुने गरेको छ । ललितपुर ढोलाहिटी, सात दोवाटो लगायतको स्थानमा ५ ठाँउमा त प्रहरीकै सेटीङमा जुवा खाल चलाइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्