रेल र उर्जा प्राथमिकताका विषय हुन : परराष्ट्रविद श्रेष्ठ



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपीशर्मा ओलीको भ्रमणलाईलिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । यस अवस्थामा प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला के केकुरामा सहमति गर्लान त्यो आम चासोको विषय बनेको छ ।

यो विषयका बारेमा हामीले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसँग कुरा गरेका थियौ । उनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला काठमाण्डौमा रेल ल्याउने विषयले प्राथमिकता पाउने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीको भ्रमण चीनसँग वैकल्पिक विजुलीको बजारको लागि पनि नयाँ अध्याय सुरु हुने बताए ।प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

चीन भ्रमणका दौरान प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । यस्तै, ऊर्जा, रेल्वे लगायतका सम्झौता पनि भ्रमणका अवसरमा हुँदैछ । द्धिपक्षीय सम्झौता हुनेबारे प्रधानमन्त्रीले ओलीले सोमबार संघीय संसद्को बैठकमा जानकारी गराएका थिए ।

भ्रमणमा केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग को डीपीआर निर्माणको सम्झौता हुनेछ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारुदेखि थप केही नाका खोल्ने विषयमा समझदारी हुने पनि प्रधानमन्त्रीले यसअघि बताइसकेका छन् ।

यस्तै, सन् २०१६ को भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे पनि द्धिपक्षीय छलफल हुनेछ । भ्रमणका अवसरमा नेपाल र चीनबीचका परियोजना अनुगमन तथा समस्या समाधानका विषयमा सम्झौता हुनेछ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त विषयमा निर्णय गरिसकेको छ ।

चीनसँगको सम्बन्ध असल छिमेकी र विकास साझेदारको रुपमा अगाडि बढ्ने श्रेष्ठले बताएका छन् । नेपालको आर्थिक विकासका लागि चिनियाँ लगानी बढाउनुका साथै चिनियाँ पर्यटकको नेपाल आगमन बढ्ने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...