भारतको दरभंगा मामाघर जान लागेको एक नेपाली युवतीको फिल्मी सैलीमा रेलबाटै भारतमा अपहरण



हाम्रो इकोनोमि

रक्सौलबाट दरभंगा जाँदै गरेको रेलबाट एक नेपाली युवतीको अपहरण भएको घटना सार्वजनिक भएको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका ७ कुम्हारटोल बस्ने एक २२ वर्षकी युवतीको रक्सौलबाट दरभंगा जाने क्रममा रेलबाटै अपहरण भएको जनाइएको छ ।

जेठ २७ गते आइतबार परिवारजनसँगै मामाघर जान लागेकी २२ वर्षकी नेहा कर्णको भारतको आदापुर र घोडाहासनको बिचमा अपहरण भएको हो । अपहरण गएको हप्ता नै भएपनि जिल्ला प्रहरी कार्यालय पर्सामा ४ दिन अगाडि मात्रै उजुरी दर्ता भएपछि घटना सार्वजनिक भएको हो ।

यता, छोरी नेहाको अपहरण गरेको भन्दै पीडित पक्षले आफ्नै छिमेकी लाल मोहम्मदका २५ वर्षका छोरा एमडी विरुद्ध उजुरी दर्ता गराएका छन् ।

पीडित पक्षले छोरी हराएको ३ दिनपछि एमडीले घरमा फोन गरेर तपाईको छोरी संदिग्ध अवस्थामा फेला परेको र अहिले हाम्रो संरक्षणमा रहेको जानकारी गराएका थिए भने छोरी लिन पोखरिया भन्ने ठाउँमा समेत बोलाएका थिए तर पीडित पक्षले एमडीले आफै छोरीको अपहरण गरेको भनि छोरी खोजदिन निवदेन दर्ता गराएका छन् ।

फिल्मी तवरले भयो घटना


वीरगंज महानगरपालिका ७ कुम्हारटोल बस्ने २२ वर्षकी नेहा जेठ २७ गते मामाघर भारतको दरभंगा जानलाई आमा रुवीदेवी कर्णसँगै रक्सौलबाट रेलमा चढे ।

बिहान ९ बजे रक्सौल जंसनको २५२३० डाउन डीएमयू रेलमा चढेकी नेहा कर्ण ११ बजे भारतको आदापुरबाट घोडाहासनको बिचमा शौचालय जान्छु भनि आमालाई भनेर रेलभित्रै रहेको शौचालयमा पुगिन् । तर, शौचालय गएको नेहा धेरै बेरसम्म पनि सिटमा नफर्केपछि आमाले शौचालय पुगेर हेर्दा नेहा त्यहाँ थिइनन् ।

यता, नेहाकी आमाले आफ्नो छोरीको अपहरण भएको आंशका गरिन् तर उक्त अपहरण नेहाको बुवाले एजेन्टको रुपमा काम गरि रहेको कम्पनीमाथी रिसाएकाहरुले गर्न सक्नु हुने आंशका उनको थियो ।

नेहाका बुवा एउटा सहकारी संस्थाको लागी वीरगंजमै कलेक्सनको काम गरिरहेका थिए तर केही दिन अगाडि नै त्यो कम्पनी पैसा लिएर फरार भएपछि ग्राहकले जम्मा गरेको रकम फिर्ताको लागि उनलाई नै दोषी ठहराउँदै उनीमाथि दबाब सिर्जना गरेका थिए ।

यस्तै, रकम फिर्ता भएन भने यसको परिणाम गलत हुन सक्ने धम्की समेत दिएका थिए । उक्त धाकधम्की दिएको केही दिन नवित्दै नेहा हराएकी हुन् ।

यता, नेहा हराएको दिन नै उनकी आमाले भारतमै एफआईआर दर्ज समेत गराएकी थिईन् ।

घटना भएपछि पीडितलाई सहयोग गरि रहेको समाजिक अभियन्ता सुमित कर्णका अनुसार पीडित पक्षले पहिला ग्राहकहरुमाथी आंशाका लागेर नेहा अपहरण भएको दिन भारतमा हुँदा भारतमै एफआरआई दर्ज गराए पनि पछि उनकै छिमेकी एमडी भन्नेले नेहाको खबर दिएका थिए । त्यस पछाडि पीडित पक्षले उनकै विरुद्ध वीरगंज प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । देश सञ्चारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...