डा देवकोटाको पार्थिब शरीरलाई अँगालो हाल्दै बाबुराम भट्टराइ यसरी रोए, आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा कसरी चित्त बुझाउँ मैले



हाम्रो इकोनोमि

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

डा. देबकोटाको पार्थिब शरीर विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ। त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ । डा. देवकोटाको  विद्युतीय माध्यमबाट शवदाह गरिने बताइएको छ ।

क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।

श्रद्धान्जली दिन पुगेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा आफू निकै दुखी भएको प्रतिक्रिया दिए ।  डा देवकोटाको पार्थिब शरीरलाई अँगालो हाल्दै बाबुराम भट्टराइ रोए आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा कसरी चित्त बुझाउँ मैले भने ।

१० बर्षदेखि १८ बर्षसम्म एउटै कालखण्डमा सँगै अध्ययन गरेको बाल्यकालदेखि किशोर अवस्थासम्म निकै तिता मिठो कुरा भए पनि जेहेन्दार विद्यार्थीमा देवकोटा सधै पर्ने गरेको भट्टराइले स्मरण गरे ।

‘उपेन्द्रजस्तो ब्यक्तिको साथी भन्न पाउँदा निकै गर्व भएको छ ।’ उनले भने, ‘हजारौंको ज्यान बचाए तर आज उनी आफै गए । देशले शोक मनाईरहँदा आज म निकै दुखी भएको छु ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...