प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा १ सय १९ जना, आफ्नै पत्रकार पाखा पारिए, प्रेस चौतारी र सेन्टरमा आक्रोस



प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली १ सय १९ जना सहभागी टोलीको नेतृत्व गर्दै चीन जान लाग्नु भएको हो । भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने(जुन १९ देखि २४ जुन २०१८) चीन  भ्रमणमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन र हिजो एमालेका  लागि समर्पित भएर पत्रकारिता गर्नेहरु कसैले पनि सहभागी हुने  सौभाग्य पाएनन् ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछ्याङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणमा ऐरे गैरे नत्थु खैरेहरुले  सहभागी हुने अवसर पाएपनि नेपाल पत्रकार महासंघ जस्तो पत्रकारहरुको  छाता संस्थाभन्दा महत्वपूर्ण संस्था ऋषी धमलाको रिपोर्टर क्लव भएको छ।  यसले गर्दा पत्रकारहरुमा आक्रोस उत्पन्न गराएको छ।

 

११९ जनाको प्रतिनिधि मण्डलमा एमाले र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको मुख पत्रको रुपमा चर्चित दृष्टि साप्ताहिक र त्यसका  सम्पादक/ प्रकाशक शम्भु श्रेष्ठ जस्ता वरिष्ट पत्रकारसमेत प्रधानमन्त्री ओलीको चीन  भ्रमणमा पर्नबाट बन्चित भएपछि सरकार र नेकपाको नेतृत्वको आलोचना भएको छ ।

 

प्रेस चौतारी र प्रेस सेन्टरका कुन पनि पदाधिकारी भ्रमणमा नपर्नु र पत्रकार महासंघभन्दा महत्व रिपोर्टर क्लवलाई दिएपछि सरकारले पत्रकार महासंघलाई  कसरी हेरेको रहेछ र यसका पदाधिकारीको  हैसियत के कति रहेछ भन्ने कुरा पनि छर्लंग हुन् गएको छ।

प्रेस चौतारी र प्रेस सेन्टर जस्ता नेकपाका खाँटी  भातृ संस्था र  नेकपा निकट पत्रकारहरुले सस्थागत र व्यक्तिगत रुपमा  चीन  भ्रमणमा सहभागी हुने अवसर नपाएकोमा पत्रकारहरुमा आक्रोस उत्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणमा प्रेस चौतारी र प्रेस सेन्टरमा संलग्न पत्रकारहरु एक जना पनि  नपर्नुमा पीएमका प्रेस सल्लाहकार कुन्दन अर्यालको भूमिकाले काम गरेको प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकारहरुको आरोप छ।

 

यसले गर्दा नेकपा निकट पत्रकारहरुको यो सरकारलाई हेर्ने दृष्टिकोणमा   फरक आउन सक्ने र  केपी ओली सरकारलाई आफ्नै पार्टी निकट पत्रकारहरुबाट असहयोगको वातावरण सिर्जना हुने चर्चा सुरु भएको छ।

स्रोतका अनुसार, चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरुले टिकट खर्चलगायतको व्यवस्था संस्थागत र व्यक्तिगतरुपमा  आफैले गर्नुपर्ने छ। चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरु निम्न अनुसार रहेका छन् ।

चीन  भ्रमणमा परेका अफिसियल मिडियाहरु
१.हरिशरण लामिछाने – रेडियो नेपाल
२.निराजन खनाल, पत्रकार, नेपाल टेलिभिजन
३.विष्णुभक्त महर्जन, क्यामेरामेन, नेपाल टेलिभिजन
४.हरि लामिछाने, पत्रकार, रासस
५.शुभशंकर क“डेल, महासचिव, नेपाल मिडिया
६.धु्रवप्रसाद अधिकारी, क्यामेरामेन

चीन  भ्रमणमा परेका मिडिया डेलिगेशनहरु
१.रामप्रसाद हुमागाईं, उपकार्यकारी सम्पादक, गोरखापत्र
२.सुधीर शर्मा, प्रधान सम्पादक, कान्तिपुर दैनिक
३. अखिलेश उपाध्याय, प्रधान सम्पादक, काठमाडौं पोष्ट
४.गुणराज लुईंटेल, प्रधान सम्पादक, नागरिक
५.सुवास घिमिरे, प्रधान सम्पादक, रिपब्लिका
६.राजाराम गौतम, सम्पादक, अन्नपूर्ण पोष्ट
७.ऋषि धमला, अध्यक्ष, रिपोटर्स क्लब नेपाल
८.शिव दाहाल, समाचार संयोजक, एभिन्यूज टीभी
९.रविन्द्र श्रेष्ठ, क्यामेरापर्सन, एभिन्यूज टीभी
१०.प्रमिला देवकोटा, वरिष्ठ पत्रकार, नयाँ पत्रिका दैनिक
११.प्रकाश रिमाल, सम्पादक, हिमालयन टाइम्स

 

भ्रमणका क्रममा रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको छ ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने बताइएको छ । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्