गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामत, दुईजाना जाकिए प्रहरीको खोरमा



प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको सथाबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद भएको छ ।

आइतबार साँझ नगरपालिकाको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारेर शिवसताक्षी–८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलबहादुर दर्नाल र अर्जुनधारा नगरपालिका–६ का सन्तोष विकलाई नियन्त्रणमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय, झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले उनीहरुलाई इलाका प्रहरी कार्यालय, झिलझिलेमा राखेर थप अनुसन्धान थालिएको बताए ।

स्थानीयका अनुसार जुवाको खालमा प्रहरी टोलीले पुग्ने वित्तिकै केही जुवाडे भागेका थिए । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरी असफल भयो । जुवा खेल्नेमा केही प्रतिष्ठित व्यापारी र राजनीतिक दलसँग आबद्ध व्यक्ति समेत भएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीले फरार रहेकाहरुको खोजी गरिरहेको दाबी गरे पनि उनीहरुसम्म पुग्न सकेको छैन । प्रहरीलाई सताक्षीधामको पिकनिक स्पट पूर्वको सामुदायिक वनभित्रको जंगलमा जुवा खेलाइने गरिएको सूचना यसअघि पनि आएको थियो । तर, पटकपटकको प्रयासपछि मात्रै प्रहरीको अप्रेशन सफल भएको हो ।

जुवाको खाल नजिकै जुवाडेले पार्किङ्ग गरेर राखेको ३ वटा कार र ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बा १५ च १९६७, बा १३ च १४७५ र मे १ च ४३८९ नम्बरका कार र मे ८ प १९१२, मे १० प ३६, मे ५ प ६५६३, मे ३ प ५७६९ र मे ९ प २९७२ नम्बरका मोटरसाइकल बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि जुवा ऐन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्