गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामत, दुईजाना जाकिए प्रहरीको खोरमा



हाम्रो इकोनोमि

प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको सथाबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद भएको छ ।

आइतबार साँझ नगरपालिकाको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारेर शिवसताक्षी–८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलबहादुर दर्नाल र अर्जुनधारा नगरपालिका–६ का सन्तोष विकलाई नियन्त्रणमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय, झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले उनीहरुलाई इलाका प्रहरी कार्यालय, झिलझिलेमा राखेर थप अनुसन्धान थालिएको बताए ।

स्थानीयका अनुसार जुवाको खालमा प्रहरी टोलीले पुग्ने वित्तिकै केही जुवाडे भागेका थिए । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरी असफल भयो । जुवा खेल्नेमा केही प्रतिष्ठित व्यापारी र राजनीतिक दलसँग आबद्ध व्यक्ति समेत भएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीले फरार रहेकाहरुको खोजी गरिरहेको दाबी गरे पनि उनीहरुसम्म पुग्न सकेको छैन । प्रहरीलाई सताक्षीधामको पिकनिक स्पट पूर्वको सामुदायिक वनभित्रको जंगलमा जुवा खेलाइने गरिएको सूचना यसअघि पनि आएको थियो । तर, पटकपटकको प्रयासपछि मात्रै प्रहरीको अप्रेशन सफल भएको हो ।

जुवाको खाल नजिकै जुवाडेले पार्किङ्ग गरेर राखेको ३ वटा कार र ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बा १५ च १९६७, बा १३ च १४७५ र मे १ च ४३८९ नम्बरका कार र मे ८ प १९१२, मे १० प ३६, मे ५ प ६५६३, मे ३ प ५७६९ र मे ९ प २९७२ नम्बरका मोटरसाइकल बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि जुवा ऐन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...